काठमाडौंः संखुवासभामा पहिरो खरुदा अरूण नदी आंशिक रूपमा थुनिन पुगेको छ ।
आइतबार बिहान करिब साढे ९ बजेको समयमा मकालु गाउँपालिका वडा नम्बर(२ तर्फको ओयाङ भन्ने स्थानमा पहिरो खस्दा अरुण नदी आंशिक रुपमा थुनिन पुगेको संखुवासभाका प्रहरी नायब उपरीक्षक नवराज मल्लले जानकारी दिनुभयो ।
मल्लले भन्नुभयो, ‘माटोको ढिस्को खसेर आंशिक रुपमा अरुण नदी थुनिएको छ । नदी थुनिन पुग्दा जोखिममा पर्न गएको प्रकाश राईको परिवारलाई सुरक्षित स्थानमा स्थानन्तरण गरिसकेका छौं । हिरालाल राई र तिर्थ राईको गोठ पनि जोखिममा पर्न सक्ने देखिएकाले स्थानन्तरणको तयारी भइरहेको छ ।’
‘जोखिममा रहेका घरमा क्षति पुगेको छैन । तैपनि राईको परिवारलाई सुरक्षित स्थानमा लगिसकेका छौं,’ उहाँले भन्नुभयो, ‘पहिरोका कारण नदीमा पानीको सहत बढेमा च्याक्से डाँडामा रहेका ५र७ घर जोखिम पर्न सक्ने अवस्था छ । त्यसैले त्यहाँ पनि सुरक्षा सतर्कता बढाएका छौं ।’
घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेना परिचालन गरिएको उहाँले बताउनुभयो ।