ध्रुवराज पोखरेल
चितवनः कोरोना भाइरसवाट विश्व नै आक्रान्त भइरहेको अवस्था छ । विश्व स्वास्थ्य संगठन र विभिन्न विशेषज्ञहरुले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको प्रक्षेपण गरिरहेका छन् । पछिल्लो आँकडा र भाइरस फैलन सक्ने सम्भावित क्षमताले उपरोक्त आकलनलाई नजरन्दाज गर्न मिल्दैन । दक्षिण तिरको खुला सिमाना, छिमेकी मुलुकमा ज्यामितीय अनुपातमा वढ्दैगएको कोरोनाको प्रभाव, हाम्रो जस्तो अर्धचेतनशील समाज, स्वास्थ्य शिक्षाको पहुचको अवस्था,साधन(श्रोतको सिमितता र दक्ष जनशक्तिको अभाव आदि कारणले हाम्रालागि कोरोना चुनौतीको पहाड वनेर आउन पनि सक्छ ।हाल मुलुक लकडाउनको अवस्थामा छ । उत्पादन ठप्प छ ।दुध, माछा,मासु ,कुखुरा,अण्डा आदि कृषिजन्य वस्तुको उत्पादन , वितरण र वजारीकरण विकराल वन्दै गएको छ ।मुलुकको अर्थतन्त्रका आधारहरु उद्योग, उर्जा,कृषि,पर्यटन,रोजगारी र वैदेशिक रिमिट्यान्स सुन्य प्राय छ ।निरपेक्ष गरिवीको रेखा मूनी रहेका जनतामा भोकमरीको समस्या वढ्दो छ ।मुलुकको आर्थिक वृद्धि दर ३ प्रतिशतको हाराहारीमा सिमित हुने सम्भावना छ । कोरोनाको न्युनिकरण पछिपनि जनताको जीउ धन र देशको अर्थतन्त्रको सम्वर्धन र सवलीकरणमा हाम्रो ध्यान जानै पर्छ ।राष्ट्रीय संकटका वेला राज्यले निर्वाह गर्नुपर्ने भूमिका प्रभावकारी नभइरहेको जनगुनासोहरु सुनिन थालिसकिएकोछ ।यसले जनतामा निराशा छाउन पनि सक्छ । जनताले अभिभावक विहिन महसूस गर्न सक्छन । त्यो वेला मुलुकको वेतृत्व र भूगोल माथी नै संकट पैदा हुन सक्छ । अतः यो राष्ट्रीय संकटको चुनौतिको सामना गर्न राष्ट्रीय सहमतिको निर्माण गरी राष्ट्रीय एकता प्रदर्शन गर्ने र समानता र सहअस्तित्वका आधारमा सहभागिता मुलक प्रणालीको विकास गर्न ढिलाई गर्नु हुदैन ।संकटको मोचन अंक गणितले हुनै सक्दैन ।यसका लागि जनता र मुलुक प्रतिको दायित्व वोध गर्दै वृहत एकता प्रदर्शन गर्नै पर्छ ।त्यो एकताले मात्रै देहायका कार्यक्रम सम्पन्न गर्न सक्छ र कोरोना कहरवाट सहज अवतरण सम्भव हुन सक्दछ ।
१)सम्भावित संक्रमितको पहिचान गरी आवश्यकता अनुसार क्वारेन्टाइन र आइसोलेसनमा राख्ने ।
२)संक्रमितको पहिचान गरी उपचार विधिको प्रयोग गर्ने ।
३)सामुदायिक, सरकारी तथा नीजि अस्पताल तथा स्वास्थ्यकर्मीहरूको क्षमता र दक्षता विस्तार गर्ने ।
४)स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुको सुरक्षा र वृतिविकासको सुनिश्चित गर्ने ।
५)सम्भावित संक्रमित,संक्रमित, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई समेत मनोपरामर्स सेवा उपलब्ध ग्रासने ।
६)प्रदेशगत रूपमा अनलाइन शैक्षिक परामर्श केन्द्र स्थापना गरी श्रव्य(दृश्य माध्यमवाट शैक्षणिक क्रियाकलाप संचालन गर्ने ।
७)लकडाउनवाट तत्काल पर्ने समस्या समाधानका लागि अन्तर्राष्ट्रीय सिमान लकडाउन कायमै राखी जिल्लागत सिमाना शिल्ड गर्ने ।
८)उच्च सतर्कता साथ अत्यावश्यकीय वस्तुको मात्र सरकारी तवरवाट ओसार पोसार गर्ने ।
९)कृषि र कृषिजन्य वस्तुको उत्पादन, वितरण र वजारकरणको समुचित प्रवन्ध मिलाउने ।कृषिजन्य उत्पादन वैक संचालन गरी त्यसको समूचित व्यवस्थापन र संचालन गर्ने ।
१०) उद्योगी र व्यावसायीहरुको हित प्रवर्धन गर्न कच्चा पदार्थ र वित्तीय व्यवस्था सस्तो र सर्वसुलव वनाई योगदानमा आधारित सहूलियत प्रदान गर्ने ।
११)असंगठित मजदुरहरुको लागि तत्कालीन जीवनवृति सम्वन्धी राहत उपलब्ध गराउने ।
१३)वैदेशिक रोजगारीवाट फिर्ता भएका सवै प्रकारका जनशक्तिहरुलाई सुन्य व्याजदरमा कर्जा उपलब्ध गराई उत्पादनशील कार्यमा उत्प्रेरित गर्ने ।
१४)राष्ट्रीय संकटको घडिमा मुलुकमा रहेका राष्ट्रीय पूँजीपतिहरूलाई लगानीका लागि राष्ट्रीय आव्हान गर्ने!
१४)कर प्रणाली र वित्तीय व्यवस्थालाई लगानी मैत्री वनाउने ।
१५)हाम्रा विकासका प्राथमिकतालाई पुन परिभाषित गरी शिक्षा, स्वास्थ्य र कृषिजन्य उत्पादनका क्षेत्रहरूलाई प्राथमिकीकरण गर्ने र सोही अनुसार योजना तयार गर्ने ।
१६)राज्यका तीनवटै तहमा उच्च स्तरीय राजनीतिक संयन्त्र तयार गरी योजना तयारी कार्यक्रम कार्य्विधि , कार्यान्वयन र मूल्यांकन तथा अनुगमनको व्यवस्था गर्ने ।
१७)स्थानीय तहलाई थप जिम्मेवार र साधन श्रोत सम्पन्न वनाउने ।
(लेखक नेपाल शिक्षक संघ चितवनका पूर्ब अध्यक्ष हुनुहुन्छ ।)