
काठमाडौँ | वैदेशिक रोजगारमा जाने नेपालीहरुको लागि लोकप्रिय बनेको ‘बैदेशिक रोजगार’ एपको नयाँ अपडेट गरिएको छ । पुरानो एपमा केहि प्राविधिक समस्या आएपछि नयाँ एप सार्वजनिक गरिएको साझा सबाल मिडियाका पत्रकार एवं एपका संचालक मनोज पराजुलीले जानकारी दिए ।
पुरानै नाममा प्ले स्टोरमा उपलब्ध नयाँ एपमा पहिलेको भन्दा धेरै फिचर राखिएका पराजुलीले बताए । प्रयोगकर्ताको रुची र आवश्यकतालाई ध्यान दिंदै आगामी दिनमा एपमा थप फिचरहरु अपडेट गरिने उनले बताए ।
पहिलेको पुरानो एप चलाईरहेकाहरुले उक्त एप अनस्टल गरेर नयाँ एप इन्स्टल गर्न सक्नेछन् । तलको लिंकमा क्लिक गरेर वा सिधै आफ्नो मोबाइलको Play Store मा गएर Baideshik Rojgar सर्च गरेर ‘बैदेशिक रोजगार’ मोबाइल एप डाउनलोड गर्न सकिन्छ ।
https://play.google.com/store/apps/details?id=com.sajhajobs.project
यस एपले बैदेशिक रोजगारीमा जान चाहनेहरुलाई बिबिध जानकारी सहित रोजगारीको लागि बिज्ञापनबारे बिस्तृत जानकारी लिएर आफूलाई मन परेको डिमाण्डमा सिधै Apply गर्न, म्यानपावरहरुबारे बिस्तृतमा जान्न, सम्बन्धित म्यानपावरहरुलाई कुनै पनि एजेन्टको सहयोग बिना सिधा सम्पर्क गर्न र सबै बुझेर बैदेशिक रोजगारीमा जान सहयोग गर्छ । त्यस्तै यस एपमा रोजगारीको लागि महत्वपूर्ण जानकारी, टिप्स, रोजगारीबारे जानकारीहरु, बिभिन्न देशमा रहेका दुतावासहरुबारे जानकारीहरु, बैदेशिक रोजगार सम्बन्धि काम गर्ने मेडिकल संस्था, विमा कम्पनि, बैंक, अभिमुखिकरण संस्था र तालिम केन्द्रबारे जानकारी लिन र तिनीहरुको लोकेसन समेत हेर्न सकिन्छ ।