चितवनः स्थानीय तहहरुमा रहेका न्यायीक समितिले गरेको निर्णय चित्त नवुझि जिल्ला अदालतमा पुनरावेदन गर्नेको क्रम सुरु भएको छ । स्थानीय सरकार गठन संगै समाजमा हुने सामाजिक समस्याहरु समाधानका लागि स्थानीय तहमानै समाधान गर्ने गरि न्यायीक समितिको गठन गरिएको थियो । ती न्यायीक समितिले गरेको निर्णयमा चित्त नवुझे जिल्ला अदालतमा पुनरावेदन गर्न पाउने कानुनी व्यवस्था अनुसार जिल्ला अदालत चितवनमा गत आर्थिक वार्षमा चारवटा पुनरावेदनका निवेदन दर्ता भएका छन् ।
जस मध्ये २ वटा भरतपुर महानगरपालिकाको रहेको छ । अन्य अरु स्थानीय तहहरुको रहेको अदालतले जानाएको छ । स्थानीय तहमा भएका मुद्धाको फैसला चित्त नवुझेर अदालत आउने क्रम सुरु भएको जिल्ला अदालत चितवनका तहशिलदार हरिगोपाल ज्ञावलीले जानकारी दिनु भयो । अहिले ती मुद्धाहरु चलिरहेको उहाँको भनाई थियो ।
यसै विच भरतपुर महानगरपालिकाको न्यायीक समितिमा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा न्यून संख्यामा मुद्धा दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षमा १ सय ३० वटा मुद्धा दर्ता भएकोमा गत आर्थिक वर्षमा जम्मा ३५ वटा मुद्धा दर्ता भएको न्यायीक समितिले जनाएको छ । भरतपुर महानगरपालिकाका कानुन अधिकृत खगेश्वर अधिकारीका अनुसार अघिल्लो आर्थिक वर्षमा सम्वन्ध विच्छेदका मात्रै ४० वटा मुद्धा परेका थिए । नयाँ कानुन लागु भए संगै गत भदौ देखि स्थानीय तहमा सम्वन्ध विच्छेदका मुद्धाहरु जिल्ला अदालत जान पाउने भएकाले स्थानीय तहमा आउन छाडेको उहाँले वताउनु भयो ।
गत आर्थिक वर्षमा दर्ता भएका ३५ मुद्धा मध्ये १६ वटा मुद्धाको फैसला भएको अधिकारीले जानकारी दिनु भयो । अन्य १९ वटा मुद्धाको भने थप विवरण वुझ्न वाँकी रहेका कारण चालु आर्थिक वर्षका लागि जिम्मेवारी सरेका छन् । स्थानीय तहमा हाल मानोचामल, जग्गा, वाटो खिचलो र आर्थिक लेदनेनका मुद्धाहरु आउने गरेका छन् । परेका मुद्धाहरु मध्ये ४ वटा मिलापत्र गरिएको, ११ वटा फैसला गरिएको र एउटा तामेलीमा रहेको उहाँले जानकारी दिनु भयो । न्यायीक समितिमा आएका मुद्धाहरु मध्ये १५ जना निवेदक सम्पर्कमानै नआएको अधिकारीले वताउनु भयो ।
मेलमिलाप मार्फत समस्या समाधान गरिएका मुद्धामा खासै समस्या नरहने गरेको भए पनि अन्य मुद्धाहरु पनि कार्यान्वयन हुँदै आएको न्यायीक समिति प्रमुख पार्वती शाह ठकुरीले जानकारी दिनु भयो । ठकुरीका अनुसार अदालतमा जाँदा पनि स्थानीय तहको न्यायीक समितिको निर्णयलाई आधार मानि निर्णय हुने गरेको छ । सुरुवाती समयमा केहि समस्या आएको भए पनि अहिले भने त्यस्तो नरहेको उहाँको भनाई छ ।