बाल्यकाल सामान्य अवस्थामा वितेको इन्दुका दिदीबहिनी नौ जना थिए । आफू कान्छि बहिनी माथिको भएको बताउने उहाँलाई सानै देखि छोरीले पनि छोराले जस्तै काम गरेर देखाउने सपना थियो । गैँडाकोटको नारायणी माध्यामिक विद्यालयमा उहाँले आफ्नो शिक्षा आरम्भ गर्नुभएको थियो । सानै देखि उहाँको लवाई खवाई, स्वभाव केटाको जस्तो रहेको थियो । उहाँ भन्नुहुन्छ “सानैमा अरु डोको बोकेर जंगल जान्थे, म बन्चरो बोकेर जान्थे, अरु डाली डोकोमा भर्थे तर म रुपमा चढेर स्याउला र डाली भुँइमा झार्थे” । सानै देखि पढाइमा रुचि राख्ने इन्दुका लागि भने शिक्षाको यात्रा भाग्यमा त्यति लामो समय लेखिएको थिएन । तत्कालिन समयमा छोरीलाई पढाएर के हुन्छ भन्ने सामाजीक वातावरण अन्य विभिन्न समस्याले उहाँ एसएलसी दिनबाट बञ्चित हुनु प¥यो । शिक्षा मात्र होइन खेलकुदमा उहाँको धेरै रुचि थियो । केही समय पछि उहाँको विवाह भयो । विवाह पछि उहाँलाई जीवनका आफ्ना सपना अब पुरा हुँदैननकी भन्ने डर लाग्यो । के गर्ने भन्ने थाहा त थिएन, तर उहाँलाई जीवनमा केही गर्नु पर्दछ भन्ने सोचले सदैव हुटहुटी बनाउने गरेको थियो । एक दिन श्रीमानसंगको सल्लाहपछि विदेश जाने सोच बन्यो । श्रीमानको भिजा लागेन । सन् २००५ तिर घरको आर्थिक हिसाबले उहाँ एक्लै इजरायल जाने निधो गर्नु भयो । इजरायलमा पुगे पछि दिन सामान्य रुपमा वितेका थिए । काम, काम, काम मात्रै थिए । शरिर मोटाउँदै गयो । अब कसरी दुब्लाउने भन्ने सोच बन्यो । दुब्लाउन दौडिन सुरु गर्नुभयो । उहाँको दौड दैनिकी बन्न थाल्यो । सन् २००९ मा इजरायलको एउटा क्लबमा नारेयन भन्ने ५ किलो मिटरको म्याराथन प्रतियोगिता थियो । विदेशीले नै सहभागि हुन आग्रह गरेका थिए “मैले पनि त्यहाँको ५० रुपैँया तिरेर नाम दर्ता गराए । दौडमा सहभागि भए । पुरुषहरुलाई पनि पछि पार्दै रिबन पहिला मैले नै छोएँ । त्यसपछि म घर आएँ । भोली पल्ट उपहार पुरस्कार घरमै आइपुग्यो । तब मैले थाहा पाएँ म फस्ट भएछु । त्यस पछि मात्र मलाई लाग्न थाल्यो मेरो सानै देखिको इच्छा स्पोर्ट लाइफ गर्यो भने त हुँदो रैछनी