चितवनः जनअपेक्षा र देशको आबश्यकता अनुसार संबिधान संसोधन गर्न सकिने सरोकारवालाहरुले बताएका छन् । संबिधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अबसरमा आज यहाँ आयोजित संबिधानको कार्यान्वयन र आगामी चुनौती बिषयक कार्यक्रममा बोल्ने बक्ताहरुले संबिधान कार्यान्वयनमा देखिएको समस्या समाधान गर्दै सरकार अघि वढ्नु पर्ने बताउनुभएको हो ।
कार्यक्रममा संबिधान सभा सदस्य एबं पूर्ब मन्त्री शेषनाथ अधिकारीले जनप्रतिनिधि मार्फत बनेको संबिधान देश र जनताको आबश्यकता अनुसार जनप्रतिनिधिहरुबाटै संसोधन हुनु पर्ने बताउनुभयो । संबिधान कार्यान्वयनमा देखिएका चुनौतिहरु सबै राजनैतिक दलको सहमतीमा समाधानका लागि संसोधन गर्न सकीने उहाँको भनाई थियो ।
कार्यक्रममा बोल्दै बागमती प्रदेशका पूर्ब मन्त्री एबं प्रदेशसभा सदस्यहरु जगन्नाथ थपलिया, उत्तम जोशी, जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारी, भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख जिल्ला अधिकारी इन्द्रदेब यादबले अहिलेको संबिधानलाई आबश्यकता अनुसार संसोधन गरेर कार्यान्वयानमा ल्याउन जरुरी रहेको बताउनुभयो । अहिले बनेको सरकारले देशमा राजनैतिक स्थीरता र बिकास गर्नका लागि संबिधान संसोधन मुख्य मुद्धा वनाएको उहाहरुले बताउनुभयो । संबिधान बनेको ९ वर्ष लाग्दा समेत प्रभावकारी रुपमा कार्यान्वयनमा आउन नसक्नु दुःखत रहेको उहाँहरुले भनाई थियो । संबिधानमा धेरै चुनौति रहेको भन्दै उहाँहरुले यसलाई आबश्यकता अनुसार संसोधन गर्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य देवि प्रसाद ज्ञावली, नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा एमाले चितवनका अध्यक्ष कमल पाठक, नेकपा माओवादी केन्द्रका चितवन संयोजक रामचन्द्र अधिकारी, राष्ट्रिय स्वतन्त्रपार्टीका जिल्ला सभापति कृष्ण भूषालले संबिधानमा जनताले नरुचाएका बिषहरुलाई संसोधन गरेर अघि वढ्नु पर्ने बताउनुभयो । जनतालाई स्थायीत्वको संदेश दिन नसके जनआक्रोश उठ्ने उहाँहरुको भनाई थियो । यसका लागि सबै दलहरु एक भएर जनताको अपेक्षा र देशको आबश्यकता अनुसार संबिधालनलाई संसोधन गर्न जरुरी रहेको उहाँहरुले बताएका थिए । संबिधान बलियो वन्नका लागि सरकार परिवर्तन भए संगै राजनैतिक नियुक्तिले ठाउँ खालि गर्नुपर्ने र सरकारी कर्मचारीहरु ऐन र नियमावली अनुसार अघि वढ्नु पर्ने उहाँहरुको भनाई थियो । संबिधान अनुसार जनताले मुस्कान सहितको सेवा नभई जनतालाई मुस्कान दिने सेवा खोजेको दलका प्रतिनिधिहरुले बताउनुभएको थियो ।






