चितवन,२३ मङ्सिर । नेपाली काँग्रेसको १४ औं केन्द्रिय महाधिबेशनमा केन्द्रिय सदस्य पदका उम्मेदवार जीतनारायण श्रेष्ठले आफ्नो भेटघाटलाई तिब्र बनाउनु भएको छ । महाधिबेशनको उद्घाटन मिति निजिकिदैं गर्दा श्रेष्ठले प्रभावशालि नेताहरुलाई भेटघाट तिब्र बनाउनु भएको हो ।
श्रेष्ठको सचिबालयका अनुसार आदिवासी, जनजाती कोटामा केन्द्रिय सदस्यको उम्मेदवार वन्नुभएका श्रेष्ठले महाधिबेशनमा आँफुलाई सघाउनका लागि केन्द्रिय प्रभावशाली नेताहरु सहित बिभिन्न जिल्लाबाट आएका महाधिबेशन प्रतिनिधिहरु संगको भेटघाटलाई तिब्र बनाउनु भएको हो । स्पष्ट वक्ताका रुपमा परिचय वनाउनुभएका श्रेष्ठले आफ्नो उम्मेदवारी पार्टीलाई बिधि र बिधान अनुसार चलाउनका लागि रहेको भेटका क्रममा जानकारी दिनुभएको थियो ।
चितवन जिल्लाले अहिले सम्म केन्द्रिय सदस्य पदका उम्मेदवार भए पनि विजयी हुन नसकेको समयमा युवा र प्रष्ट बक्तको रुपमा जिल्ला पार्टीलाई सञ्चालन गरी सकेको अनुभवका आधारमा सहयोग गर्न उहाँले महाधिबेशन प्रतिनिधि एबं जिल्ला सभापतिहरुलाई अनुरोध गर्नुभयो । आफ्नो उम्मेदवारीले चितवनको शाख जोगाउने उहाँको भनाई छ ।






