चितवनः नारायणगढ–मुग्लिन सडक खण्डमा बस दुर्घटना हुँदा ३८ जना घाईते भएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउनेमा दाङ्बाट काठमाडौं जादै गरेको लुम्बिनी प्रदेश ०२–१०० ख ०४६० नम्बरको बस आज बिहान अनियन्त्रीत भई सडकमा पल्टिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक गोविन्द पुरीका अनुसार घाईतेहरु मध्ये मौलाकालिका अस्पताल भरतपुरमा १५ जना, पुरानो मेडिकल कलेज भरतपुरमा १३ जना, चितवन मेडिकल कलेज भरतपुरमा ४ जना, जनता केयर अस्पताल मुग्लिङमा ६ जनाको उपचार भईरहेको छ । उनीहरु मध्ये १० जनाको अबस्था मध्यम रहेको छ भने २८ जनाको अबस्था सामान्य रहेको छ ।
बसका चालक प्रहरी नियन्त्रणमा रहेको उहाँले जानकारी दिनुभयो ।







