चितवनः कृषि तथा वन बिज्ञान विश्वबिद्यालय रामपुरको उपकुलपति सहितको पदाधिकारीको टोलीले पूर्बी नेपालमा रहेका चारवटा आंगिक क्याम्पसको स्थलगत निरिक्षण गरेको छ । रजिष्टार र डिनहरु सहितको टोली क्याम्पसमा पुगेर त्यहाँको समस्याको बारेमा छलफल गरेको हो ।
विश्वबिद्यालयका उपकुलपति प्रा.डा. ऋषिराम कट्टेलका अनुसार कलेज अफ नेचुरल रिसोर्स म्यानेजमेन्ट सिन्धुली, कटारी, पाख्रिबास र बर्दिबास क्याम्पसमा बिश्वबिद्यालयको टोली आकश्मीक रुपमा पुगेको हो । ती चारवटा मध्ये कटारीमा वन स्नातक पढाई हुन्छ भने तीन वटामा कृषि स्नातकको पढाई हुन्छ । त्यहाँका बिद्यार्थी, प्रध्यापक, कर्मचारी र क्याम्पस प्रमुख संग छुट्टाछुट्टै छलफल गरिएको थियो । भौतिक पूर्बाधार, गुणस्तरीय शिक्षा, बिध्यार्थीको भर्ना, शुसासन, पारदर्शिता, जवाफदेहीता लगाएतका बिषयमा छलफल गरी सुझाब लिईएको उहाँले बताउनुभयो ।
आधाघण्टा पहिला क्याम्पस प्रमुखलाई जानकारी गराएर ती क्याम्पसहरुमा आकस्मिक रुपमा बिश्वबिद्यालयको टोली पुगेको हो । उपकुलपति कट्टेलले कतिपय समस्या तत्कालै समाधान हुने गरी आबश्यक निर्देशन क्याम्पस प्रमुखलाई दिईएको बताउनुभयो । कतिपय कार्यकारी परिषदबाट गर्नुपर्ने समस्याको समाधान गर्ने गरी आँफुहरु फर्किएको उहाँको भनाई छ । यस अघि उपकुलपति, रजिष्टार र डिनहरु छुट्टाछुट्टै जाने गरेकोमा आँफुले उपकुलपतिको एउटा गाडीमा सबैलाई लिएर संगै गएकाले धेरै समस्या स्थलगत रुपमा समाधान गरिएको बताउनुभयो ।
उपकुलपति कट्टेल संगै रजिष्टा प्रा.डा. सुबिर सिंह, कृषि संकायका डिन प्रा.डा. सुन्दर तिवारी र वन संकायका डिन प्रा.डा. गान्दिप काफ्लेको टोलीले क्याम्पसहरुको अनुगमन गरेको हो । सो क्रममा नयाँ बिद्यार्थी भर्नाका लागि आबश्यक प्रचारका लागि समेत आग्रह गरिएको छ । यस बिश्व बिद्यालयमा कृषि, वन, पशु चिकित्सा बिज्ञान तथा पशु पालन र मत्स्य बिज्ञानको स्नातक र त्यस भन्दा माथि पढाई हुन्छ ।






