चितवन: दुई सय किलो लागुऔषध गाँजा बोकेर आउँदै गरेको भारतीय ट्रक सहित तीन पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक रविन्द्र खनालका अनुसार आज बिहान २ वजे खैरहनी नगरपालिका वडा नम्बर ३ टुंगारा स्थित भित्री सडक खण्डमा BR ०५ GC ९५१३ नम्बरको भारतीय ट्रकलाई नियन्त्रणमा लिईएको हो ।
गाँजा बोकेर आएको ट्रक चालक र सो ट्रकमा रहेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा ट्रक चालक भारतको बिहार मोतिहारी मधुबनका ४९ बर्षिय बिरेश यादव, ट्रकमा रहेका राप्ती नगरपालिका वडा नगरपालिका वडा नम्बर १२ का ४७ बर्षिय चन्द्रबहादुर तामाङ् र २५ बर्षिय सुभाष तामाङ् रहेका छन् । उनीहरुलाई लागुऔषध ओसारपसार ऐन अन्तर्गत कारवाही गरिने उहाँले जानकारी दिनुभयो ।






