चितवनः जिल्लामा नियमित एआरटी औषधि खाने एचआईभि संक्रमितको संख्या १ हजार २६० पुगेको छ । सन् २०२६ मा ३९ जना नयाँ थप भए संगै यो संख्या बढेको हो ।

एचआईभि संक्रमित मध्ये सबैभन्दा धेरै गृहिणी र पुरुष यौन कर्मी रहेका छन् । यहाँ रहेका १ हजार २६० जना संक्रमित मध्ये सो समुहका ३८५ जना संक्रमित रहेका छन् ।

भरतपुर अस्पताल एआरटी केन्द्रका डा. प्रमोद पौडेलका अनुसार यो समुह बाहिर खुल्न नखोज्दा संक्रमणको शिकार भएका हुन । बसाईसरेका ग्राहकहरु दोस्रो स्थानमा रहेको उहाँले बताउनुभयो । यो समुहमा २७३ जना, बसाई सरी आएका २१० जना, यौन व्यावसायीका ग्राहक १३५ जनामा एचआईभि देखिएको उहाँले जानकारी दिनुभयो । यस्तै यौन व्यावसायी ११९ जना, पुरुष समलिङ्गी ६४ जना, आमा बाट बच्चामा सरेका २८ जना, लागु औषध प्रयोग कर्ता (सिरिन्जबाट) २८ जना, तेस्रो लिंगी १६ जना संक्रमित रहेका छन् ।

अहिले जिल्लामा रहेका संक्रमितहरु मध्ये ६१६ जना पुरुष, ५९८ जना महिला, २८ जना बालबालिका र तेस्रो लिङ्गी १८ जना रहेका छन् । यहाँ उपचार र औषधिका लागि आउने बिरामी मध्ये चितवनका ८६८ जना, नवलपरासीका २६७ जना, मकवानपुरका २५ जना, तनहुँका ३३ जना, गोरखाका ३० जना र तराईका ३७ जना रहेको उहाँले बताउनुभयो ।

डा. पौडेलका अनुसार जिल्लामा रहेका संक्रमित मध्ये भरतपुर महानगरपालिकाका ४७७ जना, रत्ननगरका १०१ जना, खैरहनी नगरपालिकाका ६१ जना, राप्ती नगरपालिकाका ५९ जना, कालिका नगरपालिकाका ५६ जना, इच्छाकामना गाउँपालिकाका १३ जना, माडी नगरपालिकाका १२ जना संक्रमित रहेका छन् । उहाँले भन्नुभयो “सरकारी स्वास्थ्य संस्थामा कण्डम बितरण कम हुँदा यो समस्या आएको हो ।” एचआईभि एड्स नियन्त्रणका लागि प्रयोग गरिने औषधि एआरटी औषधि नबुझाई खुवाउँदा बिचमा छाड्नेको संख्या बढ्नु र जसका कारण संक्रमित खुलेर आउन नसकेको उहाँले बताउनुभयो । राज्यको स्वास्थ्य बिमा कार्यक्रममा संक्रमित परिवार संग खुल्न नखोज्दा खुल्नु पर्ने बाध्यता राखिएको र यौन रोग पनि वढ्दै गएको उहाँले बताउनुभयो ।

सन् २०२६ मा गरिएको परिक्षणका क्रममा ५८ प्रतिशतमा एचआईभि एड्स संक्रमित भेटिएका छन् । ६७ जनाको परिक्षण गरिएकोमा ३९ जनामा संक्रमिण भेटीएको हो । एएचएफ नेपाल भरतपुर अस्पतालका कार्याक्रम संयोजक कृष्णहरी सापकोटाका अनुसार सन् २०२६ यता ७१ जना नयाँ संक्रमित औषधि सेवन गर्न आएका छन् ।

प्रतिक्रिया दिनुहोस !