चितवन:नेकपा माओबादी केन्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरपका बिधेयककाे बिराेध गर्नेहरु पाखन्डी भएकाे बताउनु भएकाे छ । आज भरतपुर बिमानस्थलमा पत्रकारहरु संग कुराकानी गर्दै उहाँले नागरिकता बिधेयकलाई राष्ट्र घाती भन्नेहरु पाखन्डी भएकाे बताउनु भएकाे हाे ।
नागरिकता बिधेयक बाबू आमाकाे नागरिकता भएर छाेराछाेरीले नपाएकाे बिषयलाई सम्मान गिरएकाे उहाँकाे भनाई थियाे । तत्कालिन केपी ओली सरकारले अध्यादेशमार्फत ल्याएको विधेयक नै अहिले सदनमार्फत ल्याएको भन्दै भ्रममा नपर्न प्रचण्डले आग्रहसमेत गरेका छन् । वैवाहिक अंगीकृत नागरिकताका लागि सात वर्षे प्रावधान राख्ने राज्य व्यवस्था समितिको प्रस्ताव सदनमा लैजाऔँँ भन्दा एमाले अध्यक्ष ओलीले नै नमानेको पनि प्रचण्डले आरोप लगाएका छन ।
भौतिक योजना मन्त्री मोहम्मद इस्तियाक राई र वन मन्त्री प्रदिप यादवसहित चितवन आएका माओवादी अध्यक्ष प्रचण्डले बिभिन्न कार्यक्रममा सहभागी हुनेछन । जसअनुसार प्रचण्डले बरुवा सडक शिलान्यास, रौतनेखोलामा बनेको पुलको उद्घाटन, ट्मटा खोला तटबन्ध शिलान्यास कार्यक्रममा सहभागी भए पछि चितवनका पार्टी कार्यकतासँग भेटघाट कार्यक्रम तय भएको चितनव माओवादीले जनाएको छ।






