चितवनः नेपाल बसोबास बस्ती संरक्षण समाज खैरहनी नगरपालिकाले भोली आईबतार नो भोट नो लालपुर्जा कार्यक्रम गर्ने भएको छ । समाजका अध्यक्ष उर्मिला बिकका अनुसार आइतबार विहान १० वजे पुरानो पर्सा बाट प्रदर्शन गरिने छ ।
खैरहनी नगरपालिकामा २ हजार ३ सय ९८ घर धुरी सुकुम्बासी बस्ति रहेको उहाँले जानकारी दिनुभयो । वडानम्बरहरु १,२, ४, ११, १२,१३, १० मा सुकुम्बासि बस्ति रहेका छन् । उनीहरुलाई राजनैतिक दलहरुले भोट बैंकको रुपमा मात्रै प्रयोग गरेको भन्दै समाजले नगर स्तरीय प्रदशृनको तयारी गरेको बिकले वताउनुभयो । उहाँले भन्नुभयो “निर्वाचनमा आश्वासन देखाउँछन् । निर्वाचन पछि जस्ताको तस्तै ।” बिहान पुरानो पर्साबाट सुरु हुने प्रदर्शन मगनिचोक, चैनपुर चोक हुँदै नगरपालिकामा आएर कोण सभामा परिणत हुने छ । कोणसभालाई समाजका केन्द्रिय अध्यक्ष कुमार कार्किले संम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस !