चितवन। मुक्तिनाथ विकास बैंक पार्वतीपुर शाखाले विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग गरेको छ । १५ औं वार्षिकोत्सवको अवसर पारेर शाखाले अन्नपूर्ण माध्यामिक विद्यालय पार्वतीपुरमा अध्यनरत ४० जना विद्यार्थीलाई न्यानो कपडा (स्वीटर) वितरण गरेको हो।  कक्षा ३ सम्मका विद्यार्थीलाई स्वीटर सहयोग गरिएको हो । शाखा प्रमुख सन्तोष तिवारीले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिएको बताए । १२ कक्षासम्म पढाइ हुने विद्यालयका प्रधानाध्यापक बटुकलाल तामाङले सामाजिक कार्यको प्रशंसा गनुभयाे ।

प्रतिक्रिया दिनुहोस !