एमालेको १०औं राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा सुरु हुँदैछ । एमालेको दशौैं महाधिवेशनमा केही यस्ता अनुहार महाधिवेशन प्रतिनिधिले मिस गर्नेछन् ।
ती हुन् झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतम । एमाले नेता कार्यकर्ताले आजका दिन माधव, झलनाथ र वामदेवलाई सबैभन्दा बढी मिस गर्ने निश्चित छ ।
एमालेले माधव र झलनाथ खनाललाई महाधिवेशनमा निमन्त्रणा गरेन । पार्टी विभाजन गरेर अर्को पार्टी खोलेको भन्दै महाधिवेशनमा निम्ता दिएन ।
वामदेवलाई पनि एमालेले निम्तो नदिएको बुझिएको छ । केही समयअघि एमाले छाडेको घोषणा गरेकाले उनलाई एमालेले चितवन नडाकेको बताइन्छ । वामदेव अहिले आफ्नी कान्छी छोरीको विवाहको तयारी व्यस्त छन् ।
माधव नेपाल भने यतिबेला काठमाडौं बाहिर छन् । एमालेको महाधिवेशन सुरु हुँदै गर्दा उनले जिल्ला जिल्लामा गएर भेला र आमसभा गरिरहेका छन् । नेकपा एकीकृत समाजवादीको संगठन विस्तारको कामलाई नेपालले तीव्रता दिएका छन् ।






