
चितवनः कोरोना कहरका कारण देशनै आक्रान्त वनेको छ । यो समयमा यस जिल्ला पनि अछुतो रहन सकेन ।
कोरोना सङ्क्रमित वढ्दै जाँदा स्थानीय प्रशासनले गरेको निषेधाज्ञाका कारण आफ्नो छाक टार्न कठिन भएका परिवारका लागि नेपाल बिद्यार्थी संघले खाध्यन्न सहयोग गर्दै आएको छ । नेबिसंघ खैरहनी नगर समितिले नगरपालिका भित्र रहेका बिपन्न परिवारका लागि खाध्यन्न सहयोग गर्दै आएको छ । यसै क्रममा आज नगरपालिकाको वडा नम्बर ४ मा च्यामियाँडाडामा रहेका बिपन्न परिवारलाई खाध्यन्न सहयोग गरेको छ ।
नेबिसंघ नगर समितिका अध्यक्ष सुरजजंग बस्नेतका अनुसार आज ५० परिवारलाई चामल, नुन, तेल, दाल, आलु जस्ता खाध्यसामाग्री सहयोग गरिएको हो । सङ्क्रमणको समयमा दुखि र बिपन्न परिवारको सहयोगमा जुट्न काङ्ग्रेसले गरेको आव्हानलाई आत्मसाथ गर्दै सहयोगमा जुटेको उहाँले बताउनुभयो । खाध्यन्न हस्तान्तरण कार्यक्रममा तरुण नेता दिपेन्द्र घिमिरे, बिद्यार्थी नेताहरु अञ्जन खत्रि, भरत खनाल लगाएतको सहभागीता रहेको थियो । सो अवसरमा वस्नेतले नगरपालिका भित्रर अन्य स्थानमा रहेका बिपन्नहरुलाई पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।