चितवनः कोरोना सङ्क्रमणका कारण जिल्लामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना चितवनका, एक जना अर्घाखाँचिका र एक जना रुपन्देहीका रहेका छन् ।

भरतपुर अस्पतालमा उपचारका क्रममा भरतपुर महानगरपालिका वडा नम्बर २५ का ४५ वर्षिय पुरुषको मृत्यु भएको हो । निमोनियाको समस्या भई बैशाख १९ गते अस्पतालमा भर्ना भएका उनमा २० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोभिड सङ्क्रमण पुष्टि भए पछि कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा आज विहान ५ः३५ वजे मृत्यु भएको हो ।

यस्तै रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ९ का ४२ वर्षिय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । उनको चितवन मेडीकल कलेजमा मृत्यु भएको हो । उनी स्वासप्रश्वासमा समस्या आई यहि बैशाख २१ गते मेडीकल कलेजमा आएका थिए । उनमा २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भए पश्चात अस्पतालमा उपचारका क्रममा उनको मंगलबार राती २ः३० वजे मृत्यु भएको हो ।

यसैगरि अर्घाखाँचिको भूमिकास्थानका एक पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा भुमिकास्थान गाउँपालिका वडा नम्बर १ का ४२ वर्षिय पुरुष रहेको चितवन मेडीकल कलेजले जनाएको छ । कलेजका अनुसार स्वासप्रश्वासमा समस्या आई यही बैशाख २१ गते अस्पताल आएका उनको राती २ः०२ वजे मृत्यु भएको हो । उनमा बैशाख २० गते बुटवलको नेशनल प्याथोल्याबमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस !