जुम्ला, : जुम्लाको तिला गाउँपालिका–१ का स्थानीयबासी महिला छुइगोठमुक्त अभियानमा जुटेका छन् । सामाजिक कुरीतिका रुपमा रहेको छुई (छाउपडी प्रथा) अन्त्य गर्न उनीहरुले सचेतना कार्यक्रम सञ्चालन गरेका हुन् ।
अझै छुई हुँदा तीनदेखि सात दिनसम्म गोठमा बस्ने चलन छ । घरमा बस्दा देउता लाग्ने, चोटपटक लाग्ने, अशिनष्ट हुनेजस्ता भ्रम छ । उनले भने, “छुई एक नियमित प्रक्रिया हो । फल लाग्नको लागि फुलेको फूलजस्तै हो । महिलालाई अपहेलना गर्न गरिएको कुरीति हो । ”
छुइगोठमुक्त अभियानमा महिलाको सक्रिया प्रशंसनीय रहेको महिला नेतृ नारायणी चौलागाइँले बताए । उनले भने ,“ छुइ प्रथा अभिशाप हो । समाजमा विकृतिका रुपमा जरा गाडेको छ । पछिल्लो समयमा जरा उखेल्नको लागि महिला नै सक्रिय बनेका छन् । छुइ भएको समयमा गोठमा बस्दा रोगकिराको सङ्क्रमण हुने खतरा छ । ” रासस






