चितवनः पूर्ब प्रधानमन्त्री एबं नेपाल कम्युनिष्ट पार्टी एमालेका बरिष्ठ नेता माधबकुमार नेपालले आँफु पार्टीलाई बलियो वनाउने अभियानमा लागेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले आँफुलाई पार्टी फुटाउन खोजेको आरोप लगाईएको बताउनुभयो ।

आँफुहरु पार्टीलाई बलियो वनाउने अभियानमा लागेको बताउँदै उहाँले भन्नुभयो “हामी पार्टी वलियो वनाउने अभियानमा जुटेका छौ । पार्टी फुटाउन खोज्यो भन्नुहुन्छ बा ।” अर्को पार्टी वनाएको आरोपको खण्डन गर्दै उहाँले थप्नुभयो “ कहाँबाट पार्टी फुटाउनु । हामी यो पार्टीका कार्यकर्तालाई लाखा पाखा हुन दिदैनौ । एकताबद्ध वनाउँछौ । सहि बिचारको पक्षमा उभिने वनाउँछौ ।”

प्रधानमन्त्री एबं पार्टी अध्यक्ष केपी शर्मा ओलीले दम्भ र अहंकार छाडेर पार्टीलाई एकता बद्ध बनाउनु पर्ने उहाँको भनाई थियो । उहाँले भन्नुभयो “उहाँले समस्याको कारण खोजी पहिचान गरेर गम्भिरतापूर्बक सोच्नु पर्छ भन्ने मेरो धारणा हो ।” आँफु र ओली बिचको एकता सम्भव रहेको बताउँदै उहाँले अध्यक्ष ओलीले फागुन २८ गतेको निर्णय फिर्ता लिएर वि. सं.२०७५ जेठ २ गतेको अबस्थामा फर्कनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “पार्टी बिभाजन भएको छैन । लचिलो बन्नु प¥यो भन्ने कुरा हो ।”

कार्यकर्ताको भावना बुझ्न नसकेका कारण पार्टी भित्र संघर्ष वढेको उहाँको भनाई थियो । समस्या समाधानका लागि राजनैतिक रुपमा हल खोज्नु पर्ने उहाँले बताउनुभयो । पार्टी भित्रको समस्या केहो ? कार्यकर्ताको भावन के हो भन्ने बुझ्न जरुरी रहेको उहाँको जिकिर थियो । कर्णाली प्रदेशका संसदहरुलाई गरिएको कारवाही जायज नभएको नेपालले दावि गर्नुभयो । उहाँले भन्नुभयो “टेक्निकल्ली रुपमा त हुइप जारी गर्दा फ्लोर क्रस भयो कारवाहि स्वाभाबिक हो । तर के कारणले भयो भन्ने नेतृत्वले बुझ्नु पर्छ ।” नेता नेपालले थप्नुभयो “कर्णालीले घण्टी वजाएको छ । यसबारेमा नेतृत्वले समाधान खोज्नु पर्छ ।”

प्रतिक्रिया दिनुहोस !