दोस्रो चरणमा १४ हजारलाई खोप लगाइदै

चितवनः कोभिड १९ विरुद्धको दोस्रो चरणको खोप जिल्लाका सातवटै स्थानीय तहमा आजदेखि सुरु भएको छ । स्वास्थ्य कार्यालय चितवनमा रहेको खोप केन्द्रमा बागमती प्रदेश सभा सदस्य मिलनबाबु श्रेष्ठ र जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले खोप लगाएर कार्यक्रमको शुभारम्भ गर्नु भएको हो ।
जिल्लाको सातवटा स्थानीय तहमा ११ वटा खोप केन्द्र मार्फत सेवा सुरु गरिएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले जानकारी दिनुभयो । जस अन्तर्गत भरतपुर महानगरपालिकाका लागि स्वास्थ्य कार्यालय चितवन, भरतपुर अस्पताल, चितवन मेडीकल कलेज, पुरानो मेडीकल कलेज र क्यान्सर अस्पतालमा खोप केन्द्र तय गरिएको उहाँले बताउनुभयो । स्वास्थ्य कार्यालयको खोप केन्द्र वाहेक अन्य अस्पतालहरुमा त्यहाँ कार्यरत चिकत्सक एबं स्वास्थ्यकर्मी र कर्मचारीहरुका लागि केन्द्र तोकीएको हो ।
यस्तै माडी नगरपालिकाको बघौडा अस्पताल, रत्ननगर नगरपालिकाको रत्ननगर बकुल्लहर अस्पताल, खैरहनी नगरपालिकाको प्राथामिक स्वास्थ्य केन्द्र खैरहनी, राप्ती नगरपालिकाको भण्डारा अस्पताल, कालिका नगरपालिकाको कालिका नगर अस्पताल र इच्छाकामना गाउँपालिकाको लागि हाइवे ट्रमा सेन्टरलाई खोप केन्द्र तोकीएको कार्यालयले जनाएको छ ।
खोप अभियान वैशाख १३ गते सम्म सञ्चालन गरिने छ । दोस्रो चरणको पहिलो अभियान प्रत्यक्ष रुपमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सुरक्षा निकायका कर्मचारी, नेपाल सरकारका कर्मचारीहरु र पत्रकार लगाएतका १४ हजार जनालाई खोप दिइने छ ।
तिवारीका अनुसार बैंशाख ७ र ८ गते महानगरपालिकाका स्वास्थ्यकर्मी, निजी अस्पाताल, स्वास्थ्य सेवा प्रदायक संघ संस्था, ९ र १० गते सांसदहरु, जनप्रतिनिधि, निजामती कर्मचारी, पत्रकार, स्वास्थ्य सेवाका सम्बन्धित परिषदमा दर्ता भएका स्वास्थ्यकर्मी, ११ गते बैंकका कर्मचारी, १२ गते प्राधिकरण तथा संस्थानका कर्मचारी, महिला स्वास्थ्य स्वयसेविका र १३ गते कारागार, आश्रमहरु र छुटपुटका लागि खोप लगाईने तिवारीले जानकारी दिनुभयो ।

अयोध्यामिडिया द्धारा संञ्चालित क्लिक खवर
अध्यक्षः सनद अधिकारी
प्रबन्धनिर्देशकः प्रस्ताब सुवेदी
र सम्पादक नारायण काफ्ले
बिज्ञापनका लागि सम्पर्कः ९८५५०५४१३५
Copyright © 2020 - www.clickkhabar.com | Powered by: Namuna Computer