चितवनः नेपाल बिद्यार्थी संघको ५२ औं स्थापना दिवसको अबसरमा नेबिसंघ चितवन साबिक क्षेत्र नम्बर ४ ले वृद्धवृद्धालाई खाना खुवाएको छ । आफ्नो स्थापना दिवसको अबसरमा भरतपुर महानगरपालिका वडा नम्बर ९ सरदपुरमा रहेको चितवन मानव सेवा आश्रममा आश्रीतहरुलाई एक दिनको खाना खुवाएको हो ।


क्षेत्रीय सभापती बिष्णु वहादुर भुजेलका अनुसार संघको स्थापनाका दिन रचनात्मक कामहरु गर्ने उद्धेश्यका साथ साबिक क्षेत्र नम्बर ४ ले खाना खुवाउने र स्टेशनरी हस्तान्तरण गर्ने लगाएतका कार्यक्रम सम्पन्न गरेको हो । भरतपुर महानगरपालिका वडा नम्बर ११ मा रहेको साहराको घरमा आश्रीत वालिकाहरुलाई शैक्षीक सामाग्री हस्तान्तरण गरिएको हो । नेपाली काङ्ग्रेस चितवनका पूर्ब सभापती एबं संबिधान सभा सदस्य रामकृष्ण घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्ने बक्ताहरुले नेबिसंघलाई शशक्त नवनाए सम्म काँग्रेस वलियो वन्न नसक्नजे बताएका थिए । नेबिसंघ काँग्रेसको नसरी भएकाले यसमा कुनै बिबाद हुन नहुने उनीहरुको भनाई थियो ।


पार्टी भित्रको बिबादले नेबिसंघमा पनि असर गरेको भन्दै उनीहरुले यस्तलाई तत्काल वन्द गर्नु आबश्यक रहेको बताए । भूजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस चितवनका सचिब राजिक न्यौपाने, नेबिसंघ चितवनका पूर्ब अध्यक्षहरु सम्भू अर्याल, डा. सूर्यकान्त घिमिरे, नेबिसंघका पूर्ब केन्द्रय उपाध्यक्ष निलकण्ठ रिजाल, पूर्ब केन्द्रय सदस्य निर्मल पौडेल, नेपाली काँग्रेस क्षेत्रीय सहसचिब करुणाकान्त पोख्रेल, भरतपुर महानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष दामोदर न्यौपाने, तरुणदल चितवनका अध्यक्ष राजन ताम्राकार, आदिवासि जनजाती संघका सचिब राजकुमार श्रेष्ठ,नेबिसंघ चितवन साबिक क्षेत्र नम्बर ५ का क्षेत्रीय सभापति राजन दाहाल कार्यक्रम संयोजक नेबिसंघ साबिक क्षेत्र नम्बर ४ का क्षेत्रीय उपसभापति गणेश केसी र नेबिसंघ नेता सुरेन्द्र बास्तोला लगाएतले बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !