चितवनः भरतपुर अस्पतालमा उपचाररत एक बृद्धाको कोरोनाका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ११ की ६७ वर्षिया बृद्धाको मृत्यु भएको हो ।
अस्पतालका सूचना अधिकारी कृष्ण गौतमका अनुसार यही चैत ३० गते निमोनियका कारण अस्पताल भर्ना हुनु भएकी उहाँको नमुना परिक्षण गर्दा सोही दिन सङ्क्रमण पुष्टि भएको थियो । संङ्क्रमण पुष्टि भए पछि कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा आज विहान ११ः३५ वजे मृत्यु भएको हो ।
यो संगै चितवनमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या १ सय १३ पुगेको छ ।






