चितवनः नेपाल प्रेस यूनियन चितवनले रंगहरुको पर्व फागु पूर्णीमाको अबसरमा सम्पूर्ण पत्रकार तथा नेपाली दाजुभाई दिदि वहिनिहरुमा शुभकामना व्यक्त गरेको छ । नेपाल प्रेस युनियन चितवनले आज एक संदेश जारी गर्दै शुभकामना व्यक्त गरेको हो । युनियनका अध्यक्ष अनिल ढकालद्धारा जारी संदेशमा रंगहरुको पर्वले सधैब खुशीयाली छाउन सकोसन भनिएको छ ।
यो संगै युनीयन चितवनले यही फागुन १५ गते गर्ने भनेको होली बिशेष कार्यक्रम हालका लागि स्थगन गरिएको सन्देशमा जनाईएको छ । कोरोना बढ्ने खतरा बढेका कारण स्थानीय प्रशासनले भेला, गोठी लगाएतका कार्यक्रमहरुमा रोक लगाएको र होली समेत घरभित्रै वसेर मनाउन निर्देशन जारी गरे संगै होली बिशेष कार्यक्रम समेत स्थगन गरिएको जनाइएको छ ।
संदेशमा युनियनले आशन्न नेपाल पत्रकार महासंघ चितवनको अधिबेशनमा नेपाल प्रेस युनियनको नेतृत्वलाई सहयोग गर्नसमेत अपिल गरेको छ ।






