चितवनः बागमती प्रदेश सरकारले फागुन १ गतेबाट क्यान्सरका बिरामीलाई रु ५० हजार उपचारका लागि सहयोग गर्ने भएको छ । यस अघि क्यान्सरका बिरामीलाई संघिय सरकारले रु १ लाख उपचार सहयोग गर्दै आएको थियो ।

वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देज कुमार गौतमका अनुसार शनिबारबाट लागु हुने गरि छुट सुबिधा दिन बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयसंग सम्झौता भएको छ । गौतमका अनुसार क्यान्सर उपचारमा लाग्ने खर्चमा नेपाल सरकारले दिंदै आएको रु १ लाखमा बागमती प्रदेश सरकारले थप रु ५० हजार उपलब्ध गराउने भएको हो । संघिय सरकारको रकम सकिए पछि प्रदेश सरकारको रकम खर्च गरिने छ । बागमती प्रदेशभित्रका स्थायी बासिन्दालाई मात्र यो सुविधा उपलब्ध हुने उहाँले जानकारी दिनुभयो ।

गौतमका अनुसार वागमती प्रदेशले यो सुबिधाका लागि चालु आर्थिक वर्षमा रु ७ करोड बिनियोजन गरेको छ । यस अस्पतालमा उपचार गराउन आउने क्यान्सरका बिरामी मध्ये ४० प्रतिशत हाराहारी वगमती प्रदेशका जनता हुने गरेका छन् । थप सहयोग पाए संगै बिरामी र तिनका परिवारलाई राहत पुग्ने उहाँको भनाई छ । क्यान्सर रोगको उपचार निकै खर्चिलो हुन्छ । निजीमा उपचार गर्न खर्चका कारण जो कोहीलाई कठिन हुने गर्दछ । सरकारीमा समेत उपचारका लागि आबश्यक पर्ने उपकरण, औषधि लगाएत महंगो पर्ने भएकाले उपचार खर्चिलो हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस !