चितवन मेडीकल कलेजमा कोरोना सङ्क्रमितको मृत्यु

चितवन,
चितवन मेडीकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गैंडाकोट नगरपालिका वडा नम्बर ७ का ५० वर्षीय पुरुष रहेको कलेजले जनाएको छ ।
गत असोज १७ गते सर्पले डसेको शंका लागेर अस्पताल भर्ना गरिएकोमा उनको १८ असोजमा कोरोना पोजेटिभ देखिएकोे थियो । श्वास प्रश्वासको समस्या आएपछि उपचारको क्रममा आज बिहान ९ः५६ मा उनको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस !