राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनबाट बागमती प्रदेश को दलित महिला क्लस्टरमा सबिना बिक एक हजार ११ मत ल्याएर प्रथम स्थान हासिल गर्नुभएको छ। सबिना बिक सानै उमेरदेखि राजनीतिमा जानेर वा अनजानमा सक्रिय थिइन्। १४ वर्षको कलिलो युवा अवस्थामा नै राजनीतिबाट प्रभावित भई सक्रिय राजनीतिक भूमिका निभाइन!
सशस्त्र द्वन्दपछि भएको शान्ति सम्झौता कार्यान्वयनपछि भएको ६२/६३ को आन्दोलन त्यसपछिको लडाकु व्यवस्थापन, संविधानसभाको निर्वाचन जस्ता महत्वपूर्ण घटनाहरुमा उनले सशक्त भूमिका निभाएकी छन् ! उनी राजनीतिक चेतनाको लागि राजनीतिक अभ्यास तथा सांस्कृतिक प्रदर्शनी सहभागिता कलाकारिता जस्ता विविध पक्षमा पनि उनको उत्तिकै दखल छ। तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई चितवनबाट विजय गराउन पनि उनको महत्वपूर्ण भूमिका रहेको थियो। यस्ता राजनीतिक गतिविधि राजनीतिक क्रियाकलापहरू उनीबाट पटकपटक सक्रिय रुपमा सफलतापूर्वक सम्पन्न भएको छ।
जब २०७९ सालमा रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना गर्नका लागि देशभरिबाट मानिसहरू खोज्न थाले !त्यसै बेलामा डिपी अर्याल र रविन्द्र बराल मार्फत रवि लामिछानेसँग अमर मावि पटियानीबाट १२ कक्षा उत्तीर्ण गरेकि सबिनाको परिचय र जम्का भेट हुन पुग्यो। त्यसपछि सबिनाले कहिले पनि पछाडि फर्केर हेरिनन्। सधैं देशका लागि नागरिकका लागि र पार्टीका लागि अगाडि मात्र हेरिन्। र अगाडि बढिरहिन् ! २०७९ सालमा निर्वाचनको रुपमा उनलाई ठूलो अवसर आएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीले उहाँलाई समानुपातिक दलिततर्फको उम्मेदवार पनि बनाएको थियो। रासोपाले उल्लेख्य मत पाएर राष्ट्रिय पार्टी बन्यो /
त्यसबाट दुईजना दलित कोटाबाट सांसद बने। त्यसमा एक पुरुष र एक महिला हुनुपर्ने थियो। तर त्यसो भएन, तर उनी त्यसबाट विचलित भएनन् पार्टीलाई अनवरत सहयोग गरिरहिन् र पार्टीमा लागिरहिन्। फेरि २०८२ सालमा जेन्जीको आन्दोलनका कारण अथवा उपलब्धिका कारण राष्ट्रिय चुनाव सम्पन्न भयो त्यसमा रासोपाले देशव्यापी रुपमा उम्मेदवारका लागि आह्वान गर्यो। सबिनाले पनि आह्वान गरेकोमा आफ्नो उम्मेदवारी दर्ता गराइन्। सबिनाले देशभरिबाट १२८५६ मत ल्याइन्! त्यही बेलामा पार्टीले विभिन्न अन्य पार्टीहरूसँग समायोजन गर्यो।
त्यही सिलसिलामा अन्य पार्टीबाट आएका उम्मेदवारहरू र प्राइमरी इलेक्सनमा सहभागिता नभएकाहरुलाई पनि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार बनायो ! तर सबिना बिकको नाम हटायो। स्पष्ट वक्ता र खरो मिजासकी सबिनाले त्यसको खोलेरै विरोध गरिन्। तर पनि पार्टी निर्माण संगठन निर्माणमा अनवरत लागिरहिन् र चितवनका तीनवटै निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीलाई विजय गराउन तल्लिन रहिन्। र विजय गराइन ! हालै सम्पन्न राष्ट्रिय महाधिवेशनमा देशभरिबाट आएका महाधिवेशन प्रतिनिधिहरूले सबिना बिकलाई १०११ मत दिएर महिला दलित क्लस्टरमा एक नम्बरमा विजय गराए I अहिलेसम्म पार्टी तथा अन्य विभिन्न निकायबाट हुँदै आएको अन्यायलाई राष्ट्रिय महाधिवेशनमा आएका राष्ट्रिय महाधिवेशन प्रतिनिधिहरूले न्याय दिए।
आगामी दिनमा पार्टीको नेतृत्व तहमा रहेर काम गर्ने उनले इच्छा जाहेर व्यक्त गर्दै पार्टीको दोस्रो चरणको निर्वाचन मा सहममन्त्री पदमा रहेर काम गर्ने इच्छा जाहेर गरिन्। तर त्यस पदमा २० जना जति मानिसहरूको इच्छा जाहेर भएको ले सबिनाले अन्य साथीहरूलाई नै सहयोग गर्ने वाचा गरिन्। आगामी दिनमा सबिनाले पार्टीको नेतृत्व तहमा रहेर देशका गरिब निमुखा दलित जनजाति आदिवासीहरूको हक हितमा नीति निर्माण र कार्यक्रमको गर्ने सोच गरेको बताएकी छन्





