गुप्तचरका एसपीको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एक जना उप–अनुसन्धान निर्देशक (एसपी) को मृत्यु भएको छ । रक्तचापसँगै अन्य विभिन्न रोगका कारण तीन वर्षदेखि औषधि सेवन गरिरहेका उनको मृत्यु भएको हो ।

गुप्तचर स्रोतका अनुसार कोभिड–१९ भाइरस पोजेटिभ देखिएपछि उनी बागमती प्रदेशस्थित आफ्नो कार्यालयमै सेल्फ आइसोलेसनमा बसेका थिए । हालै उनको श्वासप्रश्वासमा पनि समस्या देखिएको थियो । स्रोतका अनुसार हालसम्म राष्ट्रिय अनुसन्धान विभागमा ७० जना कर्मचारीमा संक्रमण देखिइसकेको छ ।