चितवनः माडीको रिउ खोलामा दाउरा झिक्ने क्रममा बेपत्ता एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यलय चितवनका अनुसार माडी नगरपालिका वडा नम्बर ३ का ४० वर्षिय रामसिंह मर्दनीया खोलाले वगाएको दाउरा झिक्ने यहि असार २६ बेपत्ता भएका थिए । उनको शब आज साँझ ५ः५० वजे खोला किनारमा भेटिएको हो ।
गाईबस्तु चराउन जाने क्रममा मर्दनीया दाउरा टिप्नका लागि वढेको खोलामा हाम फालेका थिए । उनी वेपत्ता भए देखि खोजी कार्य भईरहेको थियो । माडीमा खोलाले वगाएर यस अघि एक जनाको मृत्यु ।

प्रतिक्रिया दिनुहोस !