म्याग्दीः दुई स्थानमा पहिरो जाँदा १० जना सम्पर्कविहीन भएका छन् । धवलागिरी गाउँपालिका ६ भीम प्रसाद जुग्जालीकोे दुई तल्ले कच्ची घर पुरी पुर्ण रुपमा क्षति हुँदा घरमा बस्दै आएका चारजना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार सोही स्थानमा बस्दै आएका धन बहादुर जुग्जालीको दुई तल्ले कच्ची घर पुर्ण रुपमा क्षति भएको छ । सो घरमा बस्दै आएका ६ जना सम्पर्कविहीन भएका छन् । उनीहरुको खोजी तथा उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !