काठमाडौंः नोभेल कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दैलेख दुल्लु नगरपालिका–३ का ४५ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले जानकारी दिनुभयो ।
उनको असार ८ गते राति ९ः३० बजे प्रादेशिक अस्पताल सुर्खेतमा निधन भएको थियो । उनी क्षय रोग तथा दमका बिरामीसमेत थिए ।

उनलाई दुल्लु अस्पताल दैलेखबाट असार ३ गते रिफर गरिएको थियो । उनको असार ३ गते स्वाबको नमुना संकलन गरिएको थियो ।

उनलाई असार ४ गते कोरोना संक्रमण भएको पुष्टि गरिएको थियो । हालसम्म देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस !