चितवनः चितवनस्थित भरतपुर अस्पतालको कोभिड आइसियुमा उपचाररत एक बिरामी मृत्‍यु भएको छ । अस्पतालका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. प्रमोद पौडेलका अनुसार नवलपरासीको रामग्राम नगरपालिका ८ का ४८ बर्षिय पुरुषको मृत्‍यु भएको हो ।

उनलाई आइतबार राती १२ः ३० बजे अस्पतालमा भर्ना गरिएको थियो । २–३ दिनदेखी छाती पोल्ने सास फेर्न गाह्रो हुने लगायतको समस्या भएका ति ब्यक्तीको उपचारको क्रममा आज बिहान ३ बजे मृत्‍यु भएको डा. पौडेलले जानकारी दिनुभयो ।

पौडेलका अनुसार निमोनियाबाट ग्रसित उनको अवस्था अस्पताल आइपुग्दा नै सिरियस थियो । २–३ दिनदेखी छाती पोल्ने सास फेर्न गाह्रो हुने भइरहेको रहेछ उहाँले भन्नुभयो, “अस्पताल आइपुग्दा नै उहाँको अवस्था सिरियस थियो । बिहान ३ बजे मृत्‍यु भयो ।”

कोरोना आशंका गरिएका उनलाई लुम्बिनी अञ्चल अस्पतालले रिफर गरेर पठाएको पौडेलले बताउनुभयो। उनको कोरोना परीक्षणको लागि स्वाब संकलन गरी भरतपुर कोभिड १९ परीक्षण प्रयोगशाला पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस !