चितवनः बिपि कोईराला मेमोरीयल क्यान्सर अस्पतालमा नबनियुक्त कार्यकारी निर्देशक डा. देज कुमार गौतमले पूर्ब प्रधानमन्त्री पुष्पकलम दाहलको तस्बिर नहटाए सम्म पदभार ग्रहण गर्न अस्विकार गर्नु भएको छ । आज अस्पतालमा आयोजित पदभार गहण कार्यक्रममा कार्यक्रम स्थलमा रहेको दाहालको फोटो नहटाए सम्म पदभार ग्रहण नगर्ने अडान राख्नु भएको थियो ।
गौतमको सो निर्णय पछि अस्पताल कर्मचारीहरुले पर्व प्रधान मन्त्री दाहालको फोटो हटाएका थिए । गौतमले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)अध्यक्ष समेत रहेका दाहालको फोटो हटाउन लगाउनु लाई चितवनको राजनिति वृतमा चासोको रुपमा लिएको छ । नेकपा नेत्वको सरकार समेत रहेको अवस्थामा गौतमले दाहाल को फोटो हटाउन लगाउनुलाई नेकपा भित्रैकै नेताहरुले पूर्ब एमाले र माओवादी बिचको बैचारीक द्धन्द्ध कायमै रहेको वताएका छन् ।
गैतमलाई सरकारले बिहिबार मात्रै कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । कार्यकारी निर्देशक नियुक्त भए लगत्तै पदभार ग्रहणका समयमा यस्तो गर्नु अस्पतालको हित बिपरित रहेको अस्पतालका कर्मचारीहरुले वताएका छन् ।

प्रतिक्रिया दिनुहोस !