चितवनः पूर्वी चितवनमा शनिवार राति भएका छुट्टाछुट्टै दुर्घटनामा परि दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नम्वर ६ का २५ वर्षिय सरोज तामाङ् र कालिका नगरपालिकावडा नम्वर ७ का २८ वर्षिय बिकास श्रेष्ठ रहेको छन् ।
पूर्व पश्चिम राजमार्गा अन्तर्रगत राप्ती नगरपालिका वडा नम्वर ४ मार्तल पुलमा भएको ट्रकले मोटरसाईकललाई ठक्कर दिदाँ तामाङ्को मृत्यु भएको हो । यस्तै कालिका नगरपालिका वडा नम्वर ७ गैडाखोलामा ट्याक्टरले मोटरसाईकललाई ठक्कर दिदाँ श्रेष्ठको मृत्यु भएको हो ।
प्रहरीका अनुसार विरगञ्जबाट नारायणगढ तर्फ आउँदै गरेको यूपि २१ सि एन ३१८८ जी नम्वरको भारतिय ट्रक ले बिपरित दिशा बाट जाँदै गरेको ना १२ प ४९०२ नम्वरको मोटरसाईकललाई ठक्कर दिएको थियो । ठक्करका कारण मोटरसाईकल चालक घाईते तामाङको उपचारको क्रममा मृत्यु भएको हो । यस्तै सोहि मोटरसाईकलमा सवार राप्ती नगरपालिका वडा नम्वर १ का १४ वर्षिय उत्सव श्रेष्ठ घाईते हुनु भएको छ । घाईते श्रेष्ठको पुरानो मेडीकल कलेजमा उपचार भईरहेको छ भने अवस्था मध्यम रहेको छ ।
यस्तै कालिका नगरपालिका वडा नम्वर ७ गैडाखोला स्थित भित्रि सडक खण्डमा जुटपानी बाट क्लव चोक तर्फ आउदै गरेको ना३त १३३५ नम्वरको ट्याक्टरले बिपरित दिशा तर्फ गईरहेको ना४१प ९८४९ नम्वरको मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकल चालक श्रेष्ष्ठको मृत्यु भएको हो । श्रेष्ठको उपचारका क्रममा चितवन मेडीकल कलेजमा मृत्यु भएको हो । दुघटनामा परि मोटरसाईकलको पछाडी सवार एक जना घाईते हुनु भएको छ । घाईते हुनेमा सोहि स्थान वस्ने ३० वर्षिय मुकेस पौडेल रहनु भएको छ ।
घाईते पौडेलको अवस्था खतरामुक्त रहेको र सोहि अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । दुवै दुर्घटनामा संम्लग्न सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रर्णमा लिएको छ ।