चितवनः पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कंडेल र अस्मिता कार्की माथी प्रहरीले अनुसन्धान सम्पन्न गरेको छ । अनुसन्धान पछि प्रमाण सहित उनीहरुलाई आज जिल्ला सरकारी वकिल कार्यालय चितवनमा वुझाईएको छ ।
उनीहरुलाई सरकारी वकिलको कार्यालयमा पेश गरिए लगत्तै जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकार सम्मेलनको आयोजना गरि अनुसन्धानका विषयमा जानकारी गराएको छ । सो अवसरमा यस घटनालाई अनुसन्धान गर्न खटिनु भएका केन्द्रिय अनुसन्धान व्यरोका प्रहरी उपरिक्षक दिपक रेग्मीले आफ्ना तर्फवाट अनुसन्धानको काम सम्पन्न गरि सरकारी वकिलको कार्यालय पठाईएको जानकारी दिनु भयो ।
एक साता देखि आँफुले निस्पक्ष ढङ्गवाट घटनाको अनुसन्धान गरेको भन्दै उहाँले वाह्य प्रभाव आँफुले थेग्नु नपरेको वताउनु भयो । उहाँले भन्नुभयो “भिडवाट न्याय खोज्ने परम्परालाई निरुत्साहित गरि न्यायलयवाट न्याय खोज्ने परम्परा थाल्नु पर्छ ।”घटना भए पछि प्रहरी प्रधान कार्यालयले आँफुलाई अनुसन्धानका लागि खटाएको र सोहि अनुरुप आफ्नो काम सम्पन्न गरेको रेग्मीको भनाई थियो ।
अनुसन्धानका क्रममा सो घटनामा आत्महत्या गर्न दुरुत्साहन गरिएको प्रमाणहरु भेटिए संगै सोहि अनुरुप प्रमाणहरु पेश गरिएको रेग्मीले वताउनु भयो । सरकारी वकिल कार्यालय र अदालतले थप प्रमाणहरु माग गरेमा सोहि अनुसार कामलाई अघि वढाईने उहाँको भनाई थियो । यध्यपि अनुसन्धानका क्रममा भिडियो वाहेकका प्रमाणहरु जुटेका भए पनि सार्वजनिक गर्न नमिल्ने रेग्मीले वताउनु भयो ।
उहाँले यस मुद्धामा तीन जना प्रतिवादीहरुको दोश फरक फरक देखिएको भन्दै यसको विभाजन अदालतले गर्ने वताउनु भयो । सरकारी वकिल कार्यालयले आज जिल्ला अदालतमा मुद्धा दर्ता गर्ने तयारी गरेको जनाएको छ । सो कार्यालयमा विहान १० वजेनै प्रहरीले प्रमाण सहितको फाईल र अभियुक्तहरुलाई पेश गरेको छ ।
प्रहरीले लामिछाने सहित तीन जनालाई पक्राउ पछि दोस्रो पटक माग गरेको समय शनिवार सम्पन्न भएको थियो । सरकारी वकिल कार्यालयले अदालतमा आजै मुद्धा दर्ता गरेमा अभियुक्तलाई साधारण तारेख, धरौटी वा थुनामा राख्ने भन्ने विषयमा वादी र प्रतिवादीको वहस हुने छ ।
साउन २० गते राति नारायणगढको एक होटलमा पत्रकार शालिकराम पुडासैनी झुण्डीएको अवस्थामा भेटिएका थिए । सो पश्चात अनुसन्धानको क्रममा भेटिएको भिडियोमा तीन जनाका कारण आँफुले आत्महत्या गर्न वाध्य भएको उल्लेख गरेपछि लामिछाने सहित तीन जनालाई साउन ३० गते प्रहरीले काठमाडौंवाट पक्राउ गरेको थियो ।
उनीहरु पक्राउ संगै समर्थकहरुले रिहाई गर्नु पर्ने माग गर्दै दिनहुँ यहाँ प्रदर्शन गरिरहेका छन् । गत वर्षको भदौमा लागु भएको नयाँ कानुनमा आत्महत्या गर्न वाध्य पार्नेलाई कारवाहि हुने व्यवस्था रहेको छ । आत्महत्या दुरुत्साहनमा पाँच वर्ष सम्म कैद र रु ५० हजार सम्म जरिवाना हुने व्यवस्था छ । यसै प्रकारका ६ वटा मुद्धा जिल्ला अदालत चितवनमा दर्ता भईसकेका छन् ।