चितवनः बिद्युतीय स्कुटरमा मोटरसार्यकलले ठक्कर दिदाँ स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–८ का अनिरुद्र केसी रहेका छन् ।
गत साउन १० गते भएको दुर्घटनाका घाईते केसीको उपचारका क्रममा चितवन मेडीकल कलेजमा आज बिहान ६ वजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक चन्द्रभुषण यादवले जानकारी दिनुभयो । साउन १० गते बिहान ९ः४५ वजे भरतपुर महानगरपालिका–१५ मङ्गलपुर बाट रामपुरतर्फ आउँदै गरेको बा.प्र.०६–०७ प ०४६१ बिद्युतीय स्कुटरलाई सोही दिशा तर्फ जाँदै गरेको ना २४ प ६१९९नंम्बरको मोटरसाईकलले ठक्कर दिएको थियो ।
ठक्कर पछि स्कुटर चालक अनिरुद्र पौडेल र पछाडी सवार केसीको घाईते हुनुभएको थियो । घाईते दुबैको चितवन मेडीकल कलेजमा उपचार गरिएको थियो । गम्भीर घाईते केसीको आज मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।
स्कुटर चालक भरतपुर महानगरपालिका–६ का ६५ बर्षिय पौडेल र मोटरसाईकल चालक भरतपुर महानगरपालिका–८ का ३७ बर्षिय बिकास नेपालीलाई नियन्त्रणमा लिएर अुनसन्धान सुरु गरिएको छ ।






