चितवनः जेन्जी समुह र युवा पुस्ताको माग सम्बोधन गर्न नसकेको भन्दै आरोप दलहरुलाई लागि राखेको छ । यी आरोपबाट नयाँ तथा पुराना दलहरु जोगीन सकेका छैनन् ।
यसैक्रममा नेपाली काँग्रेसको १५ औ महाधिबेशन चलीरहेको छ । त्यसमा युवा पुस्ताहरु नेतृत्वमा आउने होडबाजी छ । वडा, गाउँ, नगर, क्षेत्र हुदै महाधिबेशन सम्म आउने तयारीमा काँग्रेस अघि वढदै गर्दा काँग्रेसमा स्थानीय तहको नेतृत्व लिन युवा पुस्ता अघि सरेका छ । जस मध्ये जिल्लामा महत्वपूर्ण मानिएको भरतपुर महानगरमा उम्मेद्वारी दिन चाहेका बुद्धिकान्त न्यौपाने अहिले सभापतिको दौडमा रहेका छन् ।
सानो उमेरमानै राजनिती र समाजमा सेवा गरेका न्यौपाने अहिले महानगरको सभापतिका लागि मैदानमा हुनुहुन्छ । उहाँले जेन–जी, युवा र जेष्ठ नागरीकहरुका लागि आफ्नो त्याग बलिदानी रहेको बताउँदै उनीहरुकै वलमा सभापति लड्न लागेको बताउनुभयो । प्रजातान्त्रीक सेनानी परिवारबाट आफ्नो उम्मेद्वारी रहेको भएपनि अब राजनैतिक सिरा युवा पुस्तावाट सुरु गर्न लागेको उहाँले बताउनुभयो ।
नेपाली काँग्रेसको १५ औ महाधिबेशनमा महानगरमा जेन जी समुहलाई (३५ वर्ष उमेर कम भएका) वडाको नेतृत्व दिने गरी आँफु निर्वाचनमा सहभागी गराउने गरी आफ्नो तयारी गरिएको उहाँले बताउनुभयो । अहिले आम कार्यकर्ताहरुको माग अनुसार आफुले महानगर सभापतिमा उम्मेद्वारी दिएको उहाँको भनाई छ ।
जिर्ण अबस्थामा रहेको पार्टीलाई पुरानै अबस्थामा फर्कउँदै समुदायमा काम गर्ने उहँको इच्छा रहेको छ । अब काँग्रेसमा नयाँ नेतृत्व आबश्यक रहेको उहाँको भनाई छ । उहाँ अहिले युवा व्यवसायी तथा सामाजिक काममा सक्रिय रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !