चितवन : पश्चिम चितवनको दिव्यनगरमा आज एक युवाले चक्कु प्रहार गरि आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा माडी नगरपालिका वडा नम्वर ५ वसन्तपुर वस्ने ३५ वर्षिय राम वहादुर भूजेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार भिनाजु एम वहादुर ढकालको घरमा आएका भूजेलले आँफुले आँफैलाई चक्कु प्रहार गरि आत्महत्या गरेका हुन ।

भूजेलको शव पोष्टमाटमका लागि भरतपुर अस्पतालमा राखिएको छ । घटना भए पछि स्थानीले प्रहरीलाई खवर गरेका थिए । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !