
चितवनः जिल्लामा आउने पर्यटकलाई मौरी देखाईने र यसको उत्पादन चखाईने भएको छ । मौरी पालनमा अग्रणी मानिएको यस जिल्ला पर्यटकीय दृष्ट्रिले मुलुककै तेस्रो हो ।
भ्रमण वर्ष सन २०२० लाई लक्षित गर्दै मौरीपालन विकास कार्यक्रम भण्डाराले मौरी पर्यटन कार्यक्रम सुरु गर्न लागेको हो । प्रदेश सरकार संग समन्वय गरि कार्यक्रम सुरु गर्न लागिएको हो । कार्यालयका प्रमुख शिव रिजालका अनुसार पर्यटकीय क्षेत्र लक्षित गरी कार्यक्रम संञ्चालन गरिने छ ।
यस कार्यक्रम कुमरोज र सौराहा क्षेत्रमा लागु गरिने उहाँले जानकारी दिनु भयो । यसका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु ५ लाख विनियोजन गरेको छ । पर्यटकलाई लक्षित गरि ती क्षेत्रमा मौरीका घार र उत्पादन देखाउन र विक्रिवितरणमा सहयोग गरिने रिजालले वताउनु भयो । मौरी पर्यटनमा विशेष गरि महका परिकार खान पाउनुका साथै मौरीको टोकाईवाट फिजियो थेरापि (एपि थेरापि) गराउने, मौरीको पोलन संकलन गरि विक्रि वितरण गर्ने, शाहि खुराक उत्पादन गरि पर्यटकलाई विक्रि वितरण गर्न लगाउने लगाएतका कामहरु हुने छन् ।
रिजालका अनुसार मौरी पर्यटनका लागि अहिलेको वजेटले पुर्वाधार निर्माण र यसको अनुसन्धान गरिने छ । वजेट थप माग गरिएको भन्दै उहाँले वजेट पूर्ण रुपमा आए संगै मौरी पर्यटन कार्यक्रम अघि वढ्ने वताउनु भयो ।
नेपाल मौरीपालक महासंघका अध्यक्ष शिव प्रसाद पौडेलले यसले मौरीको उत्पादनले वजार पाउने र भ्रमण वर्षलाई सहयोग पुग्ने वताउनु भयो । यस्ता कार्यक्रमहरुले कृषकहरुलाई उत्साहित वनाउने र जिल्लामा पर्यटकको वसाई लम्विने वताउनु भयो ।
क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष सुमन घिमिरेले नयाँ नयाँ वस्तु पर्यटकलाई देखाउदा पर्यटकहरु खुशि हुने र वसाई वढाउन सकीने वताउनु भयो । जिल्लामा गन्तव्य थपिदैं जाँदा यहाँ आउने पर्यटकको संख्या पनि वढ्दै जाने उहाँको भनाई छ । जिल्लामा आउने पर्यटकको पहिलो रोजाई जंगल सफारी हो । यहाँका दुर्लभ वन्यजन्तु हेर्न पर्यटक वढि आउने गर्दछन् ।
वार्षिक २ लाख हाराहारी पर्यटक जिल्ला भित्रने गरेका छन् ।