चितवनः पछिल्लो समय रेशम खेति तर्फ कृषकको आकर्षण घट्दै गएको छ । केही वर्ष अघिसम्म जिल्लामा ३ सयको हाराहारीमा व्यवसायीक रेशम खेती गर्ने कृषक थिए । यो संख्या घटेर २५ मा झरेको हो ।
किम्वु नर्सरी विकास केन्द्र भण्डाराबाट गत वर्ष ४ लाख २६ हजार ७ सय किम्बुका विरुवा विक्रि भएका छन् । ती मध्ये रेशम खेतीको प्रवद्र्धन गर्ने कृर्षक एक जना पनि नरहेको केन्द्रले जनाएको छ । ती सवै विरुवा पशु पालक कृषकले घाँसका लागि लगेका हुन । यस केन्द्र अन्तर्गत चितवन र मकवानपुरमा गरि ५० जना मात्र कृषक रहेका छन् ।
केन्द्रका अधिकृत एक वहादुर सापकोटाका अनुसार वर्षेनी व्यवसायीक कृषकको संख्या घट्दै गएको छ । कृषकले उत्पादन गरेको कोकुन धागो उत्पादन गर्ने कार्यक्रम भएका जिल्लामा विक्री गरीन्छ । तर कोकुनको मुल्य बृद्धि नहु“दा कृषकहरु निरुत्साहित देखिएको सापकोटाको भनाई छ । सापकोटाले भन्नुभयो “रेशम खेती कार्यक्रममा थुप्रै समस्या देखिएकाछन् न त नया“ प्रविधि भित्राउन सकिएको छ न कृषकलाई आकर्षीत गर्न मुल्य बढाउन सकिएको छ ।”
कृषकले प्रति किलो रु २ सय ५० मा कोकुन विक्री गरीरहेकाछन् । आम्दानीको दरिलो स्रोत बन्न नसकेकै कारण रेशम खेतीको आकर्षण घटेको कृषकहरु वताउँछन् । माडीका कृषक दुर्गा प्रसाद सुवेदीले लगानी अनुसारको आम्दानी हुन नसक्दा सवैले पेशा छोड्न थालेको वताउनु भयो । यस्तै अवस्था रहेमा आँफुले पनि पेशा परिवर्तन गर्ने उहाँको भनाई छ ।
केन्द्र अन्तर्गतको मकवानपुरको वुढीचौर र चितवनको माडीमा मात्र कृषकले रेशम खेती गर्दै आएका छन् ।
कार्यालयवाट किम्वुका विरुवा लानेमा सवै वाख्रापालक किसान रहेका छन् । सुरु गरीएको किम्बु नर्सरीमा रेशम खेती गर्ने कृषक आउन छाडेपछि विभिन्न समुह तथा बाख्रा पालक कृषकलाई विरुवा विक्रि गरीएको हो । बाख्रा पालक कृषक तथा समुहबाट ६ लाख २४ हजार बढी विरुवा माग भएपनि केन्द्रले दुई लाख कम विरुवा मात्रै उपलब्ध गराइएको किम्वु नर्सरी विकास केन्द्रका प्राविधिक जीवन सापकोटाले बताउनुभयो । मंसिरमा नर्सरी तयार गरी विरुवा हुर्काए पछि जेठ असारमा विरुवा विक्री गरिन्छ ।
आर्थिक वर्ष २०७४÷७५ मा १८ लाख विरुवा लगाइएकोमा १२ लाख ६७ हजार विरुवा मात्र विक्रि भएको थियो । जिल्लामा रेशम खेति प्रति कृषकको आकर्षण घट्दै गएपछि रेशम खेतिका लागि किम्बुको माग हुन छाडेको हो ।
रेशम किराले किम्बु घा“स खाएपछि कोकुन उत्पादन गर्छ । कलिलो किम्बुको पातमा २४ प्रतिशत प्रोटिन पाइन्छ । एक बाक्सा किराका लागि एक हजार किम्बुका विरुवा चाहिन्छ । काभ्रेपलाञ्चोकको खोपासीमा रहेको रेशम विकास केन्द्रबाट किराका बाक्सा ल्याएर जिल्लाका कृषकलाई उपलब्ध गराईदै आएको छ । जिल्लामा कृषकले रेशमको कोकुन (रेशम कीराले किम्बु खाएर बनेको डल्लो) मात्र उत्पादन गर्छन् ।
जिल्लामा गत वर्ष ५ सय ५० किलो कोकन उत्पादन भएको थियो । सुरुवाती समयमा कृषकहरु पनि वढि भएकाले उत्पादन १५ मेट्रिकटन सम्म भएको भए पनि विस्तारै कृषकहरु घटे संगै उत्पादनमा पनि कमि आएको केन्द्रका प्रमुख नारायण कुमार श्रेष्ठले जानकारी दिनु भयो । श्रेष्ठका अनुसार दुई वर्ष अघि सम्म जिल्लावाट एक मेट्रिकटन कोकन उत्पादन हुँदै आएको थियो । अहिले सरकारको अनुदान नहुनु र वजारको अभावले यस तर्फ कृषकको आकर्षण घटेको उहाँले वताउनु भयो ।
वि.सं २०४९ सालमा रेशम खेती विकास कार्यालयका रुपमा भण्डारामा स्थापना भएको कार्यालय विसं २०६१ सालमा किम्बु नर्सरी व्यवस्थापन केन्द्र बनेको थियो । सोही कार्यालय वि.सं २०७५ सालमा किम्बु नर्सरी विकास केन्द्रका रुपमा स्थापना भएको हो । शुरुमा कोरियाली संस्था कोइका र जापानी संस्था जाइकाले प्रवद्र्धन गरेको रेशम खेती ती निकायले साथ छोडेपछि नेपाल सरकारले हेर्न सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस !