चितवनः पत्रकार सालिकराम पुडासौनी मृत्यु प्रकरणमा पक्राउ परेका संञ्चारकर्मी रवि लामिछाने सहित तीन जनालाई जिल्ला अदालत चितवनले ५ दिनको समय थप गरि अनुसन्धान गर्नका लागि अनुमति दिएको छ । आज मात्रै वयान सकेर समय थप गर्ने नगर्ने भन्ने विषयमा भएको वहसपछि अनुसन्धानका लागि अदालतले ५ दिनको समय थप गर्ने निर्णय गरेको हो । न्यायधिस गायत्री प्रसाद रेग्मीको ईजलासले सो निर्णय गरेको हो ।
सरकारका तर्फवाट जिल्ला सरकारी वकिल कार्यालय चितवनका न्यायधिवक्त यदुनाथ शर्माले थप अनुसन्धानका लागि १० दिनको समय माग गर्नु भएको थियो । सोको विरोधमा लामिछाने र युवराज कडेंलको तर्फबाट वरिष्ठ अधिवक्ता शुशिल पन्त, अधिवक्ता शुनिल कुमार पोख्रेल, चुडामणी सापकोटा, अस्मिता कार्किका तर्फवाट अधिवक्ता नारायण गिरिले वहस गर्नु भएको थियो । वहसका क्रममा उहाँहरुले लामिछाने सहित अन्य आरोपितहरु निर्दोश रहेको भन्दै रिहाईका लागि माग गर्नु भएको थियो ।
यस्तै भिडियोमा पुडासैनीले नाम उल्लेख गरेका न्यूज २४का दिपक वोहोरा सहितका अन्यलाई सरकारी साँचिका रुपमा वोलाउने निर्णय गरेको, भिसेरा रिपोट आउन वाँकी रहेको, पोष्टमाटमको रिपोट हेर्न वाँकी, डोरी किनेको ठाउँको भिडियो र अन्य भिडियोको वैज्ञानीक अनुसन्धान गरिनु पर्ने लगाएतका काम वाँकी रहेकाले थप पाँच दिनका लागि समय थपिएको अधिवक्ता पोख्रेलले जानकारी दिनु भयो ।
वयान आज विहान मात्रै सकीएको र अनुसन्धानका लागि नेपाल प्रहरीको सिआईवि टोलि समेत आईसकेकाले अदालतले समय थप गर्न दिईएको हो । पत्रकार पुडासौनीको मृत्यु पछि श्रीमतिले तीन जनाको नाममा आत्महत्या दुरुत्साहना मुद्धामा किटानी जाहेरी दर्ता गराए संगै थप अनुसन्धानका लागि प्रहरीले समय मागेको थियो ।
यसै विच लामिछानेका समर्थकहरुले आज पनि भरतपुरको चौविसकोठीमा विरोध प्रदर्शन गरिरहेका छन् । उनका समर्थकहरुले रिहाईको माग गर्दै चौविसकोठीमा प्रदर्शन गरेका हुन । विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन ।
पत्रकार शालिकराम पुडासैनीको पोष्टमार्टम रिपोर्टले उनको झुन्डिएकै कारण मृत्यु भएको जनाएको छ । मंगलबार पोष्टमार्टम रिपोर्ट बारे जानकारी दिदै उनको झुण्डिएकै कारणले मृत्यु भएको जनाएको हो । पुडासैनीको गर्धनको हड्डी छुट्टिएको र घाँटीसमेत डोरीले कस्सिएको पोस्टमार्टम रिपोर्टमा उल्लेख रहेको जिल्ला प्रहरी कार्यालय चितवन प्रमुख दानबहादुर मल्लले जानकारी दिनुभयो ।
‘पोस्टमार्टम रिपोर्ट आएको छ ।सम्पूर्ण रिपोर्ट लिएर म्याद थपका लागि अदालतमा पेस गरेका हौं । रिपोर्टमा हामीले पहिले जे आशंका गरेका थियौँ, त्यही नै भएको उल्लेख छ मल्लले जानकारी दिनुभयो ।