चितवनः पत्रकार सालिकराम पुडासौनी मृत्यु प्रकरणमा पक्राउ परेका संञ्चारकर्मी रवि लामिछाने सहित तीन जनाको वयान सकीएको छ । आज विहान ११ वजे सरकारी वकिल कार्यालय भरतपुरमा वयान सकीएको हो ।
वयान सकीए संगैं जिल्ला प्रहरी कार्यालय चितवनले थप अनुसन्धानका लागि समय थप गर्ने तयारी गरेको छ । प्रहरीको स्रोत अनुसार तीन जनालाई १० दिनका लागि समय थप गर्ने तयारी गरिएको छ । पत्रकार पुडासौनीको मृत्यु पछि परिवारले आत्महत्या दुरुत्साहना मुद्धामा किटानी जाहेरी दर्ता गराए संगै थप अनुसन्धानका लागि प्रहरीले समय थप गर्न लागेको हो ।
यसै विच लामिछानेका समर्थकहरुले आज पनि भरतपुरको चौविसकोठीमा विरोध प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस !