
रवि लामिछाने बचाउँ समितिका अध्यक्ष सरोज घिमिरेले पदवाट राजिनामा दिएका छन् । नेकपा चितवनको निर्देशन आए लगत्तै घिमिरेले अध्यक्षवाट राजिनामा दिएका हुन ।
स्वतस्फुर्त अध्यक्ष वनेका घिमिरेले पार्टीको निर्देशन र प्रशासनको दवाव पछि आज साँझ एक विज्ञप्ति जारी गर्दै राजिनामा दिएको घोषणा गरेका हुन । सोमवार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर अध्यक्ष घिमिरेले राजीनामा दिएका हुन् ।
संचारकर्मी शालिकराम पुडासैनी र अनुसन्धानका लागि न्यायिक हिरासतमा रहेका रवि लामिछानेका सम्बन्धमा स्वच्छ र निष्पक्ष छानविन होस् भनेर बचाउँ समिति गठन गरिएको थियो । अध्यक्ष घिमिरले शान्तिपूर्ण कार्यक्रमका लागि समिति गठन गरिए पनि व्यक्ति विशेषले आन्दोलनलाई विथोल्ने प्रयास गरेकोले समितिको औचित्य समाप्त भएकाले राजिनामा दिएको वाउनु भयो ।
‘शान्तपूर्ण कार्यक्रम संचालन भइरहँदा असान्दर्भिक रुपमा व्यक्ति विशेष र गणतन्त्र माथि नै प्रहार हुन थाल्यो, आन्दोलनलाई कमजोर बनाई भड्काउन थालेपछि मैले समितिमा बस्नुको औचित्य देखिन’ पत्रकार सम्मेलनमा घिमीरेले भन्नुभयो ।
उहाँले समितिका नाममा केहीले व्यक्तिगत फाइदा उठान खोजेको, छानविन कार्यलाई झनै प्रभावित बनाउने खालका उच्छृंखल गतिविधि हुन थालेकाले अध्यक्षवाट राजिनामा दिएको वताउनुभयो ।
रवि लामिछाने बचाउँ संघर्ष समितिको अध्यक्षमा सरोज घिमिरे, उपाध्यक्षमा भरत पोखरेल, तारा बराल, सचिवमा शंकर तिवारी, सह–सचिव कृष्णप्रसाद भुषाल, कोषाध्यक्ष कल्पना श्रेष्ठ, सदस्यहरुमा इश्वर ढुंगाना, अर्जुनप्रसाद अधिकारी, सन्ध्या सापकोटा, सीताराम भट्टराई र सुमन आचार्य रहनु भएको थियो ।