
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा छाया सरकारका गृहमन्त्री दिलेन्द्रप्रसाद बडूले पत्रकार रवि लामिछानेलाई भेट गर्नु भएको छ । पार्टीको कामका शिलशिलामा चितवन आउनु भएका वडूले जिल्ला प्रहरी कार्यालय चितवनमा पुगि हिरासतमा रहेका लामिछानेलाई भेट गरि घटनाको वारेमा जानकारी लिनु भएको छ ।
रविलाई भेट्नु अघि वडूले प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीसँग भेट गरि अनुसन्धानका क्रममा भएको प्रगतिको विषयमा छलफल गर्नु भएको थियो । लामिछाने संगको भेट पछि पत्रकारहरु संग कुराकानी गर्दै उहाँले निष्पक्ष छानविन गर्न आँफुले आग्रह गरेको वताउनु भयो । निदोष फस्नु हुँदैन दोशिले उन्मुक्ति पाउनु हुँदैन भन्ने आफ्नो धारणा रहेको उहाँको भनाई थियो ।
पत्रकारहरु संग कुराकानी गर्दै छाया सरकारका गृहमन्त्री बडूले बिनापूर्वाग्रह छानविन अनुरोध गर्नुभयो । । रविले पनि छानबिनमा सघाउन तयार रहेको बताएका बडूले सञ्चारकर्मीसँग जानकारी दिनु भयो । जिल्ला अदालत चितवनले लामिछानेसहित पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पाँच दिन थुनामा राख्न शुक्रबार आदेश दिएको थियो।
प्रहरीले १० दिनको म्याद मागेको थियो। जिल्ला अदालत चितवनका विनोदकुमार गौतमको इजलासले बिहीबारको मितिबाट थप पाँच दिन थुनामा राख्न अनुमति दिएका हुन्। पत्रकार शालिकराम पुडासैनी साउन २० गते चितवनकै भरतपुरस्थित एक होटेलमा मृत भेटिएका थिए। उनको मोबाइलमा भेटिएको भिडियोमा रविसहित युवराज र अस्मिताका कारण ज्यान दिन बाध्य भएको उल्लेख गरेका थिए।