चितवनः पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको विषयलाई लिएर पत्रकार रवि लामिछाने सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रवक्ता विश्वराज पोख्रेलले जनाकारी दिनु भयो । उहाँका अनुसार पक्राउ पर्नेमा पत्रकार रवि लामिछाने, युवराज कडेंल र नर्स अस्मिता कार्की रहेका छन् । उनीहरुलाई आजै चिवतन पठाउने तयारी भईरहेको पोख्रेलले जानकारी दिनुभयो ।
उनीहरुलाई काठमाण्डौंवाट पक्राउ गरिएको हो । आत्महत्या गरेका पत्रकार पुडासैनीको भिडियो रेर्कड सार्वजनीक भए लगत्तै आज साँझ पक्राउ गरिएको हो । चितवनका निमित्त प्रमुख जिल्ला अधिकारी जनकराज पन्तका अनुसार उनीहरुलाई आजै चितवन ल्याईने छ । पक्राउ गरि ल्याईदै गरेका उनीहरुलाई रहेका उनीहरुलाई आत्महत्या दुरुत्साहान अन्तर्गत अध्ययन गरिने छ ।
प्रहरी प्रवक्ता पोख्रेलका अनुसार पक्राउ पर्नेमा लामिछाने र कडेंललाई न्यूज २४ को कार्यालयवाट पक्राउ गरिएको हो भने कार्किलाई कलंकिवाट पक्राउ गरिएको पोख्रेलले जानकारी दिनुभयो । चितवनको एक होटलमा मृत भेटिएका पूर्व सहकर्मी पुडासैनीले बोलेको भिडियो सार्वजनिक भए लगत्तै उनीहरुलाई पक्राउ गरिएको प्रवक्ता प्रोखेलले जनाकारी दिनु भयो । ।
गत साउन २२ मा चितवनको नारायणगढ, बसपार्कमा रहेको कंगारु होटलमा पुडासैनी झुण्डिएको अवस्थामा भेटिएका थिए । आत्महत्या गर्नुपूर्व पुडासैनीले मोबाइलमा रेकर्ड गराएको भिडियोमा रवि लामिछानेले आफूलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाएका थिए ।
केन्द्रिय प्रवक्ता पोख्रेलले तीनै जनालाई पक्राउ गरि चितवन पठाईएको जनाकारी दिए पनि जिल्ला प्रहरी कार्यालयाल चितवन भने सम्पर्क वाहिर रहेको छ ।

प्रतिक्रिया दिनुहोस !