चितवनः जिल्लामा रगतको अभाव भएको समयमा सो अभावलाई केहि मात्रामा भए पनि समाधान गर्ने उद्धेश्यका साथ विभिन्न संघ संस्थाहरुले रक्तदान कार्यक्रमहरु गरिरहेका छन् । वर्षातको समयमा सवै खेतिपातीमा व्यस्थ हुने र विद्यालयहरु वन्द भएका कारण रक्तदान कार्यक्रम कम हुने समय पारि नेपाली काग्रेस भरतपुर महानगरपालिका वडा नम्वर ७ ले खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

कृष्णपुरमा आयोजीत कार्यक्रममा ३१ जना महिला सहित १२० जनाले रक्तदान गरेका थिए । नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा पूर्व सांसद जगनाथ पौडेल, प्रदेश सभा सदस्य मिलनवावु श्रेष्ठ, नेपाली काँग्रेस चितवनका सचिब राजि न्यौपाने, विपि अध्ययन प्रतिष्ठान चितवनका अध्यक्ष ध्रुर्व पोख्रेल, नेपाल रेडक्रश सोसाईटी चितवन शाखाका महामन्त्री हरि पौडेल, नेविसंघ चितवनका उपाध्यक्ष अनमोल अधिकारी लगाएतले वोल्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !