चितवनः भारतवाट अवैधरुपमा नेपाल भित्र्याईएको पाँच हजार पाँच सय व्रोईलर कुखुराका चल्ला व्यवसायीहरुले आज नियन्त्रणमा लिई नष्ट गरेका छन् । रौतहटवाट तनहँुको डुम्रे तर्फ लादै गरिएका चल्ला नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत जलविरेवाट नियन्त्रर्णमा लिई भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा ल्याई नष्ट गरेका हुन ।
कुखुराको चल्ला ल्याउन प्रयोग गरिएको ना ४ ख ३६९८ को वोलेरो सहित व्यवसायीहरुले नियन्त्रर्णमा लिईएको ह्याचरी उद्योग संघ चितवनका सह सचिव पुरु खनालले जानकारी दिनु भयो । सवारीलाई भन्सार कार्यालय पठाउने जनाईको छ । चालक प्रहरीको नियन्त्रर्णमा रहेका छन् ।