निशा दाहाल /चितवनः चितवनको भरतपुर पस्ने मुख्य सडक नारायणग मुग्लिन सडक । जुन वाटो हुदैं हजारौ सवारीसाधन आवत जावत गर्ने गर्दछन् । बिशेषगरि चितवनको पर्यटकीय क्षेत्र सौराहा जानका लागि राजमार्गको प्रयोग गरेर आउनेहरु यहि वाटो हुँदै आउने गर्दछन् । ती पर्यटकहरुका लागि लक्षित गर्दै पहाडी क्षेत्रमा पर्ने भरतपुर महानगरपालिकाको वडा नम्वर २९ कविलासमा व्यवस्थीत र आधुनिक फनपार्क निर्माण भई संञ्चालनमा आएको छ ।
तेस्रो पर्यटकीय गन्तव्य चितवनको कविलासको डाँडामा आधुनिक प्रविधिको फनपार्क सहितको रिसोर्ट संञ्चालनमा आएको छ । विभिन्न पेशा व्यवसायमा संलङ्न ७५ जना व्यवसायीहरुको सामुहिक लगानीमा रिसिोर्ट संञ्चालनमा आएको हो ।
कविलास रिसोर्ट एण्ड फन पार्क संञ्चालनमा ल्याईएको हो । भरतपुर, गैडाकोट र देवघाट क्षेत्रको मनोरम दृष्य अवलोकन गर्न सकीने उक्त रिसोर्ट २२ विगाहा क्षेत्रफलमा फैलिएको छ ।
कबिलास रिसोर्ट प्रा.लि.का अध्यक्ष इन्जिनियर बाबुराम उपाध्यायका अनुसार पर्यटकीय महत्व वोकेको यस जिल्लामा फरक पन दिने गरि रिसोर्ट संञ्चालनमा ल्याईएको हो । हाल रिसोर्टमा ७५ वटा कोठा रहेका छन् । रिसोर्टको क्षमता विस्तार गर्दै एक सय वटा कोठा पुर्याउने लक्ष्य रहेको उपाध्यायले जानकारी दिनु भयो । हाल संञ्चालनमा आई सकेको भए पनि पूर्ण रुपमा काम सम्पन्न गर्न रु १ अर्व लगानि पुग्ने उहाँको भनाई छ ।
नारायणगढ–मुग्लिन सडकखण्डबाट १.८ किलोमिटर माथि रहेको रिसोर्ट पुग्न नारायणगढ बजारबाट १२ किलोमिटरको दूरी पार गर्नुपर्दछ । रिसोर्टसम्म जान नारायणगढबाट वस समेत संञ्चालन गरिदैं आएको छ ।
रिसोर्टमा ७ वटा भिल्ला छन् । तिनमा ६ जना प्रत्येकमा बस्न सकिने व्यवस्था छ । एक रातमा रिसोर्टमा कोठा र भिल्लामा गरि १६० जनासम्म सजिलोसँग बस्न सकिने उपाध्यायले जानकारी दिनुभयो । तीनवटा वैठक हल रहेका छन् । एउटामा ३०० र बाँकी दुई वटा वैठक हलमा दुई–दुई सय जना अट्ने क्षमता रहेको छ । वनभोजका लागि एक सय वटा समुहलाई खान मिल्ने गरि व्यवस्थापन गरिएको रिसोर्टका व्यवस्थापक सुलभ ढकालले जानकारी दिनु भयो । २५ वटा वनभोज स्थल निर्माण सम्पन्न भई सकेको र अन्य वन्दै गरेका छन् ।
ढकालका अनुसार सामुन्द्रिक सतहवाट ५ सय ५० मिटर उचाइमा रहेको रिसोर्टमा नारायणगढ वजार क्षेत्रको भन्दा ५ देखि ७ डिग्रीसम्म तापक्रम फरक पर्ने गर्दछ । गर्मीको समयमा शितल र जाडोको समयमा विहानै पारिलो घाम लाग्ने भएकाले वसोवास गर्न आउनेहरुका लागि छुट्टै अनुभूति दिलाउन सकीने ढकालले वताउनु भयो ।
फनपार्क भित्र पानी र सुख्खा खेलहरु रहेका छन् । बाइक रेस, कम्प्युटर र भिडियो गेम, पुज बल, बुल राइड, फास्ट फुड, ब्रेक डान्स, फ्रिज बी, फेरीस ह्वील, ड्रयागन कोष्टर, बेवी ट्रेन, सन एण्ड मुन, स्ट्रिकिङ कार लगायतका खेलमा बालबालिका तथा उनीहरूका अभिभावक रमाउन सक्ने ढकालको भनाई छ ।
पानीको खेलमा परिवारका सवै सदस्य बसेर खेल्न मिल्ने फेमिली स्लाइड, मल्टिपल स्लाइड, सिंगल स्लाइड, किड्स स्लाइड रहेका छन् । यस्तै वेभ पुल पनि रहेको छ । रिसोर्टमा प्राङ्गारीक खेती गरिएको छ ।
स्थानीय जातका कुखुरा, खसी, बाख्रा, हाँस, खरायो, बट्टाई चरा पालन गरिएको छ । तरकारीसमेत प्राङ्गारीक उत्पादन गरेर खुवाउने गरिएको छ । आफ्नै खोर र वारिमा उत्पादीतले नपुगेमा स्थानीयहरुको उत्पादन खरिद गर्ने योजना वनाईएको ढकालले वताउनु भयो ।
दुई दशक भन्दा वढि समय देखि शिक्षा र स्वास्थ्य क्षेत्रमा लाग्नु भएका ई. वावुराम उपाध्यायको नेतृत्वमा रिसोर्ट संञ्चालनमा ल्याईएको हो । रिसोर्टमा एक सय जना कर्मचारी कार्यरत रहेका छन् । पूर्ण रुपमा संञ्चालनमा आउँदा यो संख्या दोव्वर हुने उपाध्यायको भनाई छ । खानेकुरा सवै त्यही उत्पादीत प्राङ्गारीक खुवाईने भएकाले धेरैले रोजगारी पाउने उहाँको भनाई छ । जिल्लामा राप्ती र नारायणी नदिमा होटल रिसोर्ट भए पनि पहाडमा ठूलो लगानीमा निर्माण गरिएको यो पहिलो रिसोर्ट हो ।
शहरको नजिक रहेका पहाडी भूभागहरूलाई कसरी पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सकिन्छ भन्ने मोडल देखाउन रिसोर्ट निर्माण गरिएको अध्यक्ष उपाध्यायको भनाई छ । ‘चितवन राष्ट्रिय निकुञ्जका जंगली जनाबर हेरेर मात्रै नभई नेपालको पहाडी भूभागको बसोबास र अवस्थितिबारे जानकारी लिनसमेत रिसोर्ट महत्वपूर्ण हुन्छ,’ अध्यक्ष उपाध्यायले भने, ‘आन्तरीक पर्यटक र बाह्य पर्यटकहरुलाई चितवनमा आकरर्षित गर्न थप एउटा गन्तब्यका रूपमा कविलास रिसोर्ट पनि रहेको छ ।’
चितवनमा वार्षिक तीन लाखभन्दा बढी पर्यटकहरू आउने गरेका छन् । हाल दैनिक १२ सय जति पर्यटकहरू यो रिसोर्टमा आउने गरेका छन् । चितवन, नवलपरासी, तनहुँ, लमजुङ, गोरखा लगायतका जिल्लाबाट पर्यटक आउने गरेका छन् । पिकनिक खानेहरूको भिड रिसोर्टमा लाग्ने गर्दछ ।

पर्यटन विकास समिति चितवनका महासचिव विश्व सुवेदीले पहाडमा खुलेका यस्ता रिसोर्टका कारण जिल्लामा भित्रने पर्यटकको संख्या वढ्ने वताउनु भयो । उहाँले ती क्षेत्रमा हाईकिङ् र ट्रेकीङ्को अनुभूति पर्यटकलाई दिलाउन सकीने भएकाले जिल्लामा पर्यटन प्रवर्धनमा रिसोर्ट सहयोगि वन्ने वताउनु भयो ।
केहि महिना अघि वाट आंशिक रुपमा संञ्चालनमा आएको रिसोर्टमा विदेशी र स्वदेशी पर्यटकहरु संगै स्थानीयहरु आउने गरेको जनाईएको छ ।
सो क्षेत्रमा अन्य होटल रेष्टूरेन्ट र भूल्ने ठाउँ नभएकाले एकान्तमा तालिम, गोष्ठि गर्न चाहानेहरुको रोजाईमा रिसोर्ट पर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस !