चितवनः जिल्लामा रहेका स्थानीय तहहरुले एचआईभी संक्रमितहरुको स्वास्थ्य विमा गर्न सुरु गरेका छन् । अहिले सम्म जिल्लामा रहेका १ सय १० जना संक्रमितको स्वास्थ्य विमा गरिएको छ ।
स्थानीय तहहरुले आफ्नो नीति तथा कार्यक्रम अन्तर्गत नै राखेर विमा गरेका हुन । भरतपुर महानगरपालिकाले ५७ जना, कालिका नगरपालिकाले १३ जना, रत्ननगर नगरपालिकाले ९ जना, राप्ति नगरपालिका र माडी नगरपालिकाले ८÷८ जना र खैरहनी नगरपालिकाले ५ जनाको स्वास्थ्य विमा गरेको भरतपुर अस्पतालमा रहेको एएचएफ नेपालका कार्यक्रम प्रमुख कृष्णहरी सापकोटाले जानकारी दिनु भयो ।
सापकोटाका अनुसार भदौवाट लागु हुने गरि उनीहरुको विमा गरिएको हो । संक्रमितहरुको स्वास्थ्यमा धेरै समस्या देखिने भएकाले विमा गरिएको उहाँले वताउनु भयो । अहिले जिल्लामा १ हजार ७ सय २९ जना संक्रमित रहेका छन् । उनीहरु मध्ये ८ सय ९७ जनाले नियमीत औषधि सेवन गरीरहेका छन् ।

जिल्लामा रहेका सवै संक्रमितहरु खुलेर वाहिर आउन सकुन भन्ने उद्धेश्यका साथ स्थानीय तहहरु संगको समन्वय गरि विमा कार्यक्रम सुरु गरिएको सापकोटाले जानकारी दिनु भयो । अस्पतालमा औषधि खाएको प्रमाण पेश गरे पछि संक्रमितको विमा स्थानीय तहले गर्ने गर्दछ । सन २०१९ को जनवरी देखि जुन सम्म ७ हजार ८ सय १ जनाको नमुना परिक्षण गर्दा ५४ जना संत्रमित भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस !