चितवनः भरतपुर महानगरपालिका वडा नम्वर ९ आदर्शचोकमा आज विहान ईनारमा खसेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार नवलपुरको गैडाकोट घर भई माईतमा आएकी ४० वर्षिया ईन्द्रकला भूषालको ईनारमा खसेर मृत्यु भएको हो ।
ईनारको ढकनिमा चढी कपडा सुकाउने डोरी मिलाउन खोज्दा ढकनि भाँचिन गई भूषाल ईनारमा खस्नु भएको थियो । ईनारमा खसेकी भूषालको शव भरतपुर अस्पताल ल्याईएको छ ।

प्रतिक्रिया दिनुहोस !