चितवनः पृथ्वी राजमार्गको चुम्लिङ्टारमा माईक्रोको ठक्करवाट एक जना वालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार मृत्यु हुनेमा लमजुङ्को भुजुङ् गाउपालिका वडा नम्वर ७ का १० वर्षिय आयुष गुरुङ् रहेका छन् ।
काठमााडैंवाट पोखरा जान आउँदै गरेको वा ३ ख ७९५६ नम्वरको माईक्रोले आज विहान ईच्छाकामना गाउँपालिका वडा नम्वर ३ चुम्लिङ्टारमा वाटो काट्ने क्रममा वालकलाई ठक्कर दिएको थियो । ठकरवाट घाईते वालकको उपचारका क्रममा दिउँसो पुरानो मेडीकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । माईक्रो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस !